विराटनगर । स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बुढीगंगा गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका पार्टी कमिटिको बैठकले अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र राय, सदस्य तथा बुढीगंगा गपाका इन्चार्ज इश्वरी आचार्य, सह–इन्चार्ज नरेन्द्र प्रसाद ढकाल र माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यको नाम पार्टीले सिफारिस गरेको हो ।
उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरि गठाएको छ । उपाध्यक्षमा सुनिता कुमारी चौधरी, सावित्रा अधिकारी र अमृता माझीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए ।
पार्टीले वडाअध्यक्षसहित सदस्यहरूको पनि नाम सिफारिस गरि जिल्ला पार्टी कार्यालय पठाएको छ । गाउँपालिको दुई वटा वडामा वडाअध्यको लागि पार्टीले सर्वसम्मत निर्णाय गरि नाम सिफारिस गरि जिल्ला पार्टीमा पठाएको छ ।
बुढीगंगा १ को वडाअध्यक्षमा कपिल सुनार र तिलक बहादुर बस्नेतको नाम सिफारिस गरेको छ । यस्तै २ नं. वडामा सखिचन्द्र ऋषिदव र धमेन्द्र ऋषिदेवको नाम सिफारिस गरेको छ । यस्तै वडा नं. ३ मा रोहित दाहाल, राजेश राजवंशी, सुमृत खवासनको नाम सिफारिस गरि गठाएको छ ।
वडा नं. ४ मा मो. हस्मोदिनको नाम सर्वसम्म वडाअध्यक्षमा पार्टीले निर्णाय गरि नाम पठाएको अध्यक्ष आचार्यले जानकारी दिए । यसैगरि वडा नं. ५ को वडाअध्यक्षमा देवेन्द्र प्रसाद दाहालको नाम सर्वसम्मत निर्णाय गरि पठाएको छ ।
६ को वडाअध्यक्षमा अमरजन माझी र योगेन्द्र प्रसाद पौडेललेको नाम सिफारिस गरिएको छ । ७ को वडाअध्यक्षमा लेखराज कट्टेल र अनोद माझीको नाम सिफारिस भएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरू र सदस्यहरूको नाम सिफारिस भएपछि पार्टीले अहिले बुढीगंगामा घरदैलो अभियानलाई तिव्रता दिएको छ ।
मंगलबारदेखि बुढीगंगामा घरदैलो अभियान सुरु गरिएको माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र रायले जानकारी दिए । अभियान वडा नं. ५ बाट सुरु भएको उनले बताए । बुधबारदेखि गाउँपालिका भित्रको सबै वडाभित्रहरूबाट घरदैलो अभियान सुरु हुने उनले बताए ।