देउराली । धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले र उपमेयर पदबाट राजिनामा दिएकी छिन् । नेकपा एमालेबाट २०७४ सालमा उपमेयरमा विजयी भएकी उपमेयर भण्डारीले अाज अपरान्ह मेयर तिलक राईलाई उनले राजिनामपत्र बुझाएकी छिन् ।
भण्डारी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा एमालेकाे तर्फबाट धरानमाकाे मेयर पदमा उमेदवारी दिने भएकी छिन् । शनिबार साझ एमाले केन्द्रिय सचिवालयले महानगर र उपमहानगरमा मेयर तथा उपमेयरकाे उमेदवार टुङ्गाे लगाएसँगै धरानमा पनि मेयर तथा उपमेयरमा क्रमशः एमाले केन्द्रय सदस्य भण्डारी र सुनसरी जिल्ला सदस्य पदम इस्वो लिम्बुले पार्टीकाे तर्फबाट उमेदवारी दिने भएका हुन् ।
निर्वाचन नियमावली अनुसा उमेदवारहरुले उमेदवारी दर्ता गर्दा पदबाट राजिनामा दिएको निस्सा सहित उपस्थित हुनुपर्ने प्रावधान रहेकाे छ । साेहि प्रवधान अनुसार मेयरकाे उमेदवारीका लागी भण्डारीले राजीनामा दिएकी हुन् । राजीनामा दिदै भण्डारीले नगरपालिका कर्मचारीहरु सङ्ग भेटघाट गरि ५ वर्षे कार्यकालमा सहयोग पुर्यएकामा धन्यवाद ज्ञापन गरेकी थिइन्।