यो संसारमा अनेकौं विचार र सिद्धान्त विद्यमान छ, जसलाई हाम्रा पुर्खाहरूले हाम्रो संस्कारमा संलग्न गरेर दैनिक जीवनमा जोडियो र जसको कारण हाम्रो जीवन सहजसँगै पूरा ब्रमाण्डको रक्षा होस् । 

सर्भे भवन्तु सुखीनः सर्वे सन्तु निरामयाः ।

सर्वे भद्राणि पश्यन्तु मा काश्चिदुःखभाग्जन ।। 

अर्थात् सब केवल आफ्नो मात्र नभएर सबै प्राणीको रक्षक हो । यही कारण मानवलाई प्राणीमध्ये सर्वश्रेष्ठ प्राणी मानियो जसले आफूलाई आफ्नो अस्तित्वमा राख्नुसंगै ब्रमाण्डकै रक्षकको रूपमा आफ्नो धर्म निभाउनु पनि मानव हुनुको पहिचान हो । 

यही सिद्धान्तलाई जीवन्त राख्न हाम्रा पुर्वज जसले आफ्नो जीवनको सम्पूर्ण अवस्था जगत् भलाइका लागि समर्पण गरेर विभिन्न सिद्धान्त प्रतिपादन गरे अनि त्यही सिद्धान्तको आधारमा हाम्रो जीवन पद्धतिका लागि जीवन निर्देश गरे । त्यही सिद्धान्तले मानव जीवन सच्चा बनाउँछ । जहाँ कुनै भूगोल जाति, भाषाभन्दा पनि समग्रको कल्याणको कामना छ । तिनै विविध सिद्धान्तमध्ये ऋषिमुनिले हाम्रो जीवन गौँसँग जोडे जसलाई हाम्रा समग्र शास्त्रले माताका रूपमा व्याख्या गरे र हामी मानवको पहिलो कर्तव्य नै गौँको रक्षा साथै गौँ सेवामा निर्देशित छ । 

वेद हाम्रो जीवनको आधार हो जहाँ कुनै निश्चित भाषा, भूगोल जातभन्दा पनि समग्र मानवको जीवन पद्धति र मानवले गर्नुपर्ने काम र कर्तव्यको व्याख्या गरिएको छ । ऋग्वेदमा ७२३ पटक यजुर्वेदमा ८७ पटक सामवेदमा १७० पटक र अथर्ववेदमा ३३१ पटक गरी जम्मा सम्पूर्ण वेदमा १३११ पटक गौँमाताको विषयमा व्याख्या गरिएको छ । यी वेदका मन्त्रहरूमा गौँमाताको महत्त्व, उपयोगिता, पञ्चगव्य पदार्थको उपयोग र त्यसको लाभको वर्णन छ । 

वेदमा गौँका लागि गो, धेनु र अध्न्या यी तीन शब्द आएका छन् । त्यस्तै शतपथ ब्राह्मण (७।५।२।३४) मा गौँको विषयमा “सहस्रो वा एष शतधार उत्स यदगौः” अर्थात् भूमिमा टिकेका जति जीवन सम्बन्धी कल्पनाहरू छन् । तिनमा सबभन्दा अधिक सुन्दर, सत्य, सरस र उपयोगी यिनै गौँ हुन् । सबै शास्त्रमा गौँको सबैभन्दा बढी महत्त्व दर्शाएको पाउन सकिन्छ । त्यस्तै भगवान् श्रीकृष्ण यस धराधाममा आउनुको एक मात्र उद्देश्य भनेको गौँवर्धन अर्थात् गाईको सङ्ख्या वृद्धि हो । स्वयम् गौँ सेवामा जीवन भएर गौँको सेवाबाट सम्पूर्ण मानव तथा प्रकृतिको रक्षा गर्नु भयो । भगवान् भएर गौँको सेवाको चर्चा श्रीकृष्णको जीवनमा देखाउनु भनेकै हामी मानवको परम कर्तव्य गौँ सेवा हो । 

त्यस्तै सारा जगत्का रक्षक देवका देव महादेव भगवान् शिवको अवतार गोरक्षनाथको पनि यस धराधाममा आउनुको एक मात्र उद्देश्य गौँ रक्षा नै हो । अझ गोरखनाथ भगवान्को उत्पत्तिको प्रसङ्ग नै गौँमाताको गोवरबाट भएको शास्त्रमा व्याख्या पाउन सकिन्छ । यस्तै हाम्रा सम्पूर्ण ऋषिहरूको आधार र ज्ञानको मुख्य केन्द्र नै गौँमाता रहको प्रसङ्ग शास्त्रमा पाउन सकिन्छ । सम्पूर्ण शास्त्र, सम्पूर्ण ऋषिहरूको ज्ञानको केन्द्र नै गौँ हुनुको कारण भगवान्को सर्वोत्कृष्ट सिर्जना नै गाँै हो । विना गौँ नत मानव सम्भव छ नत स्वच्छ प्रकृतिकै कल्पना गर्न सकिन्छ । मानवको मानवता हराउनुको पछि, वातावरण असन्तुलनताको पछि हाम्रा शास्त्रमा भनिएको साधना सिद्ध नहुनुको पछि समग्रमा सिङ्गो मानव समाज तथा प्रकृतिको असन्तुलनको मुख्य कारण नै गौँ माथिको अत्याचार हो । 

यस्ता समस्या समाजमा अनावास गराउन मानवताको रक्षा गरौं र सर्वश्रेष्ठ प्राणी हुनुको नाताले आफ्नो स्वधर्ममा रहेर सबै प्राणीको रक्षकको भूमिका निभाऔं । मानव ब्रमाण्डको रक्षक रहुन् भन्ने उद्देश्यले नै सबै शास्त्रमा गौँको महत्त्व र लगभग सबै भगवान्  पृथ्वीमा आई गौँ सेवक बन्नुभयो र हामी मानव समुदायलाई गौँको सेवा गर्न प्रेरित गर्नुको पछाडि गौँ अवस्था मात्र नभएर सत्य हो । जो मानव र प्रकृतिको रक्षक हो । प्रकृतिको सबैभन्दा महत्त्वपूर्ण कृति नै गौँ हुन् । गौँविनाको मानव मानवीय गुणमा रहन सक्दैन, मानवले आफ्नो अस्तित्वमा रहन नसक्नुको पछाडिको मुख्य कारण नै गौँप्रतिको निन्दा र गौँको चरम दुःख हो ।

शास्त्रको मुख्य केन्द्र गौँ हुन् । ऋषिहरूको आधारमा गौँ, प्रकृतिको रक्षक गौँ, सम्पूर्ण शास्त्रमा वर्णित भगवान्हरूको निवास गौँ अब तपाईं हामी भनौं गौँ रक्षा र गौँ सेवाविना हामीले चाहेको समाज, हामीले चाहेको धर्म र हाम्रो समाज सम्भव होला ? 

हामीलाई शास्त्रले वास्तवमा चरित्रको पूजा सिकाए । धर्म जीवनको आधार बनाए तर हामी चरित्रको नभएर चित्रको पूजा गरिम् । भगवान् श्रीकृष्णको भक्त त बनिम् तर स्वयम् भगवान्ले जीवनभर सेवा गर्नु भएको गौँको हेला गरिम् । शिवको पूजा त गरिम् तर उनैको गौँ माताको विजोग गरिम् । त्यसैले भगवान्लाई तब चिन्नुहुन्छ जब तपाईं गौँ सेवा गर्नुहुन्छ । जब तपाई गौँ सेवा गर्नुहुन्छ तब मानवको गुणको विकास हुनेछ । त्यसैले सबै मिलेर गौँ सेवा गरी प्रकृतिको संरक्षण गर्दै प्राणीमध्ये उत्कृष्ट हुनुको दायित्व पूरा गरौं । सबै मिली गौँको रक्षा गरौं ।

(लेखकः गौ संरक्षण अभियानका संस्थापक हुन्)