आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा करिब तीन हजार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । 

जिल्लाका १५ वटै स्थानीय तहमा नगरप्रमुख/उपप्रमुख, अध्यक्षरउपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा दुई हजार ९२८ जनाले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

झापाको मेचीनगरमा सबैभन्दा धेरै ३३६ जनाले र सबैभन्दा कम हल्दिबारीमा ११५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । भद्रपुरमा २५४, अर्जुनधारामा १९५, बिर्तामोडमा २२३, दमकमा १९४, गौरादहमा १८३, कनकाईमा २०४, शिवसताक्षीमा २४४, झापा (गाउँपालिका) १७५, कचनकवलमा १७७, गौरीगञ्जमा १८८, बाह्रदशीमा १४६, बुद्धशान्तिमा १५४ र कमलमा १४० जनाले मनोनयन दर्ता गरेको कार्यालयले जनाएको छ ।

जसमध्ये नगर प्रमुख/अध्यक्षमा १३० जना, उपप्रमुख÷उपाध्यक्षमा १११, वडाध्यक्षमा ६८१ जना, महिला सदस्यमा ५०९, दलित महिला सदस्यमा ४१०, खुला सदस्यमा एक हजार ८७ ले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।