विराटनगर । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले मेयर पदबाट राजिनामा दिएका छन् । पराजुलीले बुधबार दिउँसो मेयर पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामा भने स्वीकृत हुन बाँकी रहेको छ ।

‘स्थानिय तहको निर्वाचन हुन गइरहेको र आफु पार्टीको केन्द्रीय सदस्य भएकोले असान्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविद्य गतिबिधिमा सहभागी हुनुपर्ने भएको हुदा बर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिन नैतिकताको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधार ८(क) बमोजिम  वैशाख १४ देखि लागू हुने राजिनामा दिएको छु,’ उनले  राजिनामा बुझाएको पत्रमा उल्लेखछ ।

स्थानीय तह निर्वाचनमा उनी मेयरको आकाक्षी थिए । तर नेपाली काँग्रेसले नागेश कोइरालालाई टिकट दिएको छ । कोइराला डा। शेखर कोइरला समूहका हुन् ।