धनकुटा । आसन्न वैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस सहदिभूमी गाउँपालिकाका सदस्य माईकल राईले अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्धारी दिएको बताएका छन् ।

पार्टीले गाउँपालिकाको अध्यक्ष पदमा पालिकावासी जनताले नरुचाएको मान्छेलाई उम्मेद्धारी दिएकाले आफूले स्वतन्त्रबाट भए पनि उम्मेद्धारी दिएको दावी माईकल किराँतीको छ । उनले उम्मेद्धार फिर्ता गर्न पटक/पटक दवाव् दिए पनि कुनै पनि हालतमा अध्यक्ष पदको उम्मेद्धारी फिर्ता नलिने घोषणा गरेका छन् ।

उनले जति भोट आए पनि जनताको अभिमतको लागी ढ्वाङ्ग थापेरै छाड्ने बताएका छन् । उनले पार्टीले उम्मेद्धार छनौट गर्दा मनोमानी गरेकोले आफूले वाध्य भएर  स्वतन्त्रबाट भए पनि उम्मेद्धारी दिनु परेको जिकिर गरेका छन् । 

यता संयुक्त लोकतान्त्रिक गठबन्धनको नाममा सहिदभूमी गाउँपालिकामा अध्यक्ष पदका लागी माओवादीको भरतसिंह राई र उपाध्यक्षमा नेपाली कांग्रेसका तोर्ण खड्काले उम्मेद्धारी दिएका छन् । वडा तहमा भने जनता समाजवादी पार्टीले पनि विभिन्न पदमा गठवन्धनकै तर्फबाट उम्मेद्धार दिएको जिल्ला अध्यक्ष बल वहादुर राईले बताएका छन् ।

नेकपा एमालेको तर्फबाट भने पुनः एमालेबाट ०७४ को स्थानिय तहको निर्वाचनमा निर्वाचित निवर्तमान अध्यक्ष मनोज राई र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष रत्नश्वरी राईले उम्मेद्धारी दिएका छन् । एमालेका अध्यक्ष पदका उमेद्वार निवर्तमान अध्यक्ष मनोज राईले आफ्नो पार्टीले ०७४ को साख ०७९ मा पनि जसरी भए पनि राखेरै छाड्ने दावी गरेका छन् ।

उनले आफ्नो पार्टीको जित निश्चित रुपमा हुने दावी  गरेका छन् । गठवन्धनको तर्फबाट अध्यक्ष पदमा उम्मेद्धारी दिएका भरतसिंह राई (खाल्सा मन्त्री) ले यो पटक एमालेको नेतृत्व सहिदभूमी गाउँपालिकामा कुनै पनि हालतमा नेतृत्वमा नआउने दावी गरेका छन् ।