धरानमा गठबन्धनको उमेदबार प्रतिनै नगरबासीले आश र भरोसा रहेको बताएका छन । बुधबार वडा नं ८ र ९ वडामा उमेदवार पुग्दा स्थानीयहरुले भोट दिने र जिते पछि नर्विसन र दुःखमा साथ दिन आग्रह गरे ।

गठबन्धनबाट मेयरका उमेदबार किशोर राईले भोट माग्दा स्थानिय धनमाया र रविन तामाङले हामी भोट दिन्छौ जितेर गए पछि पनि हामिलाइ चिनीदिनोस भन्दा मेयरका उमेदवार राई र उपमेयरका उमेदवार आइन्द्र बिक्रम बेघा भावुक समेत बनेका थिए । श्रमजिवी र दैनिकी गुजारा गरेर खानेको मत पाएर गएकाहरुले फेरि नसम्झीने गरे बताउदै धनमायाले काम गरेरखाने सहज बताबरण बनाइदिन आग्रह गरिन ।

सुनसरीको धरान उपमहानगरपालिकामा चुनाबी रौनक वढेको छ । नेपाली कांग्रेस र माओबादी बिचको गठबन्धन र नेकपा एमालेका उमेदबारहरु चुनाबि अभियानमा लागेछा छन । दुबै तर्फका उमेदबारहरु भोट माग्न घरदैलोमा बस्त छन ।