नेकपा एमालेका मेयरका उमेद्धार मञ्जु भण्डारी र उप मेयर पदम इस्वो शुक्रबार धरान–१६को घर दैलो अभियानमा थिए ।भोट माग्दै जाने क्रममा एकजना मतदाताले मन्जु भन्डारी छेउमै गएर भने ‘ धरानमा धेरै कामको सुरुवात गरेकी छौ,काम गर्ने तरिका पनि सिक्यौ,अब जितेर गएपछि सबै योजना पुरा गर्नु। उनले अर्कोकुरा पनि थपे ‘बेलाबेला कर्मचारीले दुख दिने गरेका छन् त्यतापनि ध्यान दिने गर्नु ।’ अर्की मतदाताले पनि भनिन् ‘अब पिच बाटो मात्र हैन हाम्रा छोराछोरीले पैसा कमाउने गरिका योजना ल्याउनु पर्छ ।

एक जना युवाले उपमेयरका उमेद्धार पदम इस्वो लाई भने ‘दाई तपाई त वकिल हो,जनतालाई भेदभाब नगरी काम गर्नु होला । अहिले एमालेको घरदैलो अभियानमा उमेद्धारले मतदातासँग अन्र्तकृया गर्ने र सुझाब लिने काम पनि गर्दै आएका छन् । धेरै मतदातालाई भ्रम छर्ने काम भएको रहेछ हामीले मदतालाई बास्तविकता बुझाएका छौ मेयरकी उमेद्धार भण्डारीले भनिन् ‘ आरोप लगाउने सँग प्रमाण मागिदिनु होला भनेको छु ।’ हिजोका दिनमा बोलेका सबै काम पुरा गर्न सकिने होला,अबको पाँच बर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउछुु भनेर प्रतिबद्धता जनाएकी छु उनले भनिन् । खानेपानीको विषयमा धेरै जिज्ञासा आयो,मैले मतदातालाई भनेको छु,अहिले खानेपानी राम्रै उत्पादन भएको छ तर किन वितरण नभएको हो आफैले बुझ्न सकिन भनेकी छु ।

उपमेयरका उमेद्धार पदम इस्वो ले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको निती अनुसार विकास गर्ने बताए । धरानका सुकुम्बासीर्लाइ नगरबासी बनाउने अभियान हामीले नै सुरु गरेका छौ,अबको पाँच बर्षमा त्यो पुरा गछौ उनले भने ।

278601577_724291301915988_9065024183141968622_n