विराटनगर । स्थानिय तहको निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रदेश १ मा  तयारी अवस्थामा हेलिक्प्टर रहने भएको छ । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ३ सय २१ मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरेको छ । सोही आधरमा पहाडी जिल्लामा थप मध्धत आवश्यक परेको खण्डमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिदै प्रदेश १ मा स्टनवय रूपमा हलेक्प्टर रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । 

‘कुनै जिल्लाई थप मध्धत आवश्यम परेको खण्डमा पहाडी क्षेत्रमा जान समस्या हुने गरेको छ,’ उनले भने, ‘त्यही भएर हेलेक्प्टर  तयारी अवस्थामा राखिनेछ ।’

 जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदान स्थल मध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । उनका अनुसार  प्रदेशमा  ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेको बताए ।

प्रदेशको सबैभन्दा बढी झापामा मतदान स्थल ‘अति संवेदनशील’ रहेको छ । झापा पछि मोरङ र सुनसरीको मतदान स्थल सुरक्षा निकायले अति संवेदनशील विश्लेषण गरि तेही अनुसार सुरक्षा रणनीति अपनाएको छ । तराईको जिल्लाहरू भारतसँग सीमा जोडिएको स्थानिय तहरूको मतदान स्थलहरू सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना अगाडी बढाएको हो ।

७ सय ७७ मतदान केन्द्र र २ सय ८६ मतदान स्थल रहेको झापामा ५१ मतदान स्थल अति संवेदनशील सूचीमा राखेको छ । यस्तै १५३ संवेदनशील र ८२ सामानय रहेको छ । झापा पछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानिय तह रहेको मोरङमा ४९ वटा मतदान स्थल अति संवेदनशील रहेको छ ।

८ सय २० वटा मतदान केन्द्र र ३ सय वटा मतदान स्थल रहेको मोरङमा संवेदनशील १ सय ५५ र ९६ वटा सामान्य रहेको छ । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदान स्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मदान स्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरि सुरक्षा योजना अगाडी बढाएको छ । 

५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदान स्थल रहेको सुनसरीमा ४४ अति संवेदनशील, ८० संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ । मोरङमा ५ हजार २ सय ४६ जना सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी दाहाले जानकारी दिए । मतदान स्थलमा नेपाली सेनाले पनि सुरक्षा दिनेछन् । मतदान सकिएपछि गणना गर्ने स्थलमा सिसी टिभी पनि जडान गरिने उनले बताए । 

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रदेश प्रहरीका  प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । 

सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।

यस बाहेक मोवाइल, रिजव टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछन् ।