वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका हर्क साम्पाङ्ले चुनाव चिह्न लौरो (लाठी) पाएका छन् ।

धरान स्थित निर्वाचन कार्यालयले उनी लगायत अन्य ७ जनालाई लौरो चिन्ह प्रदान गरेको हो । लाैराे चुनाव चिन्ह पाउनेमा मेयर उमेदवार साम्पाङ्सहित उनको समुहबाट ७ वटा वडाका अध्यक्ष उमेदवाले पनि लौरो चुनाव चिन्ह पाएका छन् । 

लाैराे चुनाव चिन्ह पाउनेहरूमा वडा १ का वडाध्यक्षका उमेदवार विहानसिंह श्रेष्ठ, वडा नम्बर ११ मा वडाध्यक्षमा उमेदवारी दिएकी बबिता राई, वडा  नम्बर १२ का वडाध्यक्षका उमेदवार अशोक बज्रचार्य, वडा  नम्बर १४ मा वडाध्यक्षकी उमेदवार निर्मल नेपाल, वडा  नम्बर १५ मा वडाध्यक्षका उमेदवार मिनेन्द्र नेपाली, वडा नम्बर   १७ का वडाध्यक्षका उमेदवार रसिक लिम्बु र वडा  नम्बर १८ का वडाध्यक्षका उमेदवार सर्दुशन लिम्बु रहेका छन्।

उनकाे टिमबाट उमेदवारी दिने  वडा नम्बर ७ का वडाध्यक्षका उमेदवार अशोक शर्माले भने पानीको धारा चुनाव चिह्न छाने साम्पाङ्ले बताएका छन् ।

उनले भने  " लौरो निर्बलको सहारा हो । यसले यो भरोसा योग्य हुन्छ । लैराेले कसैलाई  हिर्काउने भन्दा पनि जनतालाई साहरा दिने काम  गर्छ ।  "  उनले उमेदवारी दर्ता गरेसँगै चुनावी अभियानमा रहेको भए पनि चुनाव चिन्ह पाउन समय लाग्नाले मतदातालाई चुनाव चिन्ह चिनाउन  समयको कमी हुने बताए । 

साम्पाङ्ले भने " उमेदवारी दर्ता गरेसँगै चुनाव चिन्ह पाउनु पर्ने हो । तर, चुनाव चिन्ह ढिलाे पाउनाले  घर दैलो गर्न सकिएको थिएन अब घर दैलो गर्ने तयारी गरेका छौँ ।  "