उठ् मजदुर, काममा जानु छ
छोरीको हाँसो लानु छ
साहुले हडपेको बाउको नासो लानु छ
आमाको बिलापको बासो लानु छ
श्रीमतीलाई मायाको पासो लानु छ
उठ्; ए मजदुर काममा जानु छ ।
नाम, दाम, चाम न जाम ती कुनै तेरा होइनन्,
भाेक्कै छन् लालाबाला, तैँले माम लानु छ
उठ् मजदुर ढिलो भयो, काममा जानु छ ।
पर, ५० डिग्री घाममा जानु छ
गुन्द्रुक, ढिँडोको दाममा जानु छ
सयपत्री र बाबरी त होइनस्,
ऊन्यूको नाममा जानु छ
उठ्; मजदुर, भोको पेट रोयो,
काममा जानु छ ।
__डम्बर कार्की