सामुदायिक विकासका लागि सामुदायिक सुरक्षा, आर्थिक तथा सामाजिक विकास, व्यवस्थित बसोबास, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका नेकपा एमाले धरान ५ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार मनप्रसाद लिम्बूलाई देउरालीको खानेपानीको सुधारकका रूपमा चिनिन्छ ।
देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा सचिव हुँदै अध्यक्षसम्म भएर काम गरेका लिम्बूले देउरालीमा खानेपानी त्यो रूपमा सुधार गरे जसले उनलाई सम्झन योग्य बनाइदियो ।
हुन त उनी अरू पनि धेरै संस्थामा रहेर समाजका लागि निरन्तर लागिपरिरहे तर त्यो वेला देउरालीमा खानेपानीको हाहाकार लाई पूर्ण रूपमा निर्मूल पार्न सफल भएका मनप्रसादलाई आज पनि देउराली बासीले सम्झिरहेका छन् । देउरालीमा पछिल्लो समय खानेपनीमा देखिएको समस्या रहँदा जसरी बाडुली लाग्दा कसले सम्झियो भनेर सोचिन्छ त्यसरी नै धरानमा पानी नआउँदा मनप्रसादलाई सोच्ने गरेको स्थानीय बत्ताउँछन् ।
देउराली बासी भन्छन्, " घरमा धारा जडान गरे पनि पानी लिन डोको बोकेर २ किलोमिटरको यात्रा तय गर्नुपर्ने अवस्थामा मनप्रसादले त्यसको अन्त गरिदिए घरकै धारामा पर्याप्त पानी आउने वातावरण बन्यो । सेराको बाढीले पाइप बगाउँदा रातको १२ बजे माम्फाङ् पुगेका हुन्थे । कसैको धारामा समस्या भए बिहान ३ बजे नै पलम्बर लिए त्यहाँ आइपुग्थे । मनप्रसाद मनहरूका प्रसाद हुन् । "
विभिन्न दीर्घकालीन योजनासहित अघि बढेको मनप्रसाद देउराली खानेपानीको अध्यक्षमा रहँदा तीन संस्थाले ७६ लाख गर्ने गरी दीर्घकालीन खानेपानीको योजना बनाएका थिए । खानेपानी संस्थान, प्लान नेपाल लगायतले, उपमहानगरपालिकाले उक्त रकम लगानी गर्ने भएको थियो । तर त्यही समय उनको कार्यकाल सकियो । उनले एक वर्ष थप गर्न चाहे तर, युवालाई काम गर्न दिनु पर्छ भनेपछि पछि हटे । पछि तयार भएको योजनाको पनि फलोअप नहुँदा अहिले खानेपनीमा समस्या देखिएको उनको भनाइछ ।
मनप्रसादले हिमाली माविको शिक्षक अभिभावक सङ्घको अध्यक्षका रूपमा पनि काम गरेका छन् । ५ नम्बर वडामा रहेको हिमाली माविको विकास क्रममाको नयाँ अध्येताका रूपमा पनि देउराली बासीले उनलाई हेर्ने गरेका छन् । हिमाली माविको आधुनिक भवन निर्माणको जग उनैले बसाएका हुन् भन्नेहरू पनि देउरालीमा प्रशस्त भेटिन्छन् । सामुदायिक सहकार्य र जनसहभागिता बाट नै दिगो विकास हुन्छ भन्ने सोच भएका मनप्रसादले जनसहभागिताको परिचालन गरी हिमाली माविको ४० बढी विद्यार्थी अट्ने ठुला दुई कक्षा कोठाको निर्माण गरेका छन् ।
कुनै समय धरान भित्रै पनि सामाजिक सुरक्षाको दृष्टिले कमजोर मानिएको देउरालीमा अस्थायी प्रहरी चौकीको स्थापना र चौकीको भवन निर्माणमा उनले खेलेको भूमिमा अतुलनीय रहेको स्थानीय गणेश राई बताउँछन् । टिनको छानो र टिनको बेराबाट सुरु भएको अस्थायी प्रहरी चौकीको अहिले एक तले पक्की भवन छ ।
पाचँकन्या गाविस हुँदा देखी स्थापना भएको सामुदायिक विकास कोष (आमा समूह) को छाता सङ्गठनको अध्यक्ष समेत रहेका मनप्रसाद ७८ वटा सामुदायिक विकास कोषको छाता सङ्गठनको कमान्ड अझै सम्हालिरहेका छन् ।
यस्ता छन् योजनाहरू
"५ नम्बर वडा अव्यवस्थितता बसोबास रहेको छ । मलाइ थाहा छ वडाले यसको व्यवस्थापन गर्ने भन्ने होइन तर, यसको व्यावस्थापनकालागी केन्द्र, प्रदेश, तथा स्थानीय सरकारलाई घचघच्याउन सकिन्छ ।" मनप्रसादले भने । उनले सुकुम्वासीको परिचयले सधैँ उपेक्षा भोगिरहेको बताउँदै आफ्नो कार्यकालमा वडाबाट हुनसक्ने हर सम्भवको प्रयास गर्ने बताएका छन् ।
त्यस्तै खानेपानी नियमित नहुनु, पर्याप्त नआउनु बर्खामा समस्या देखिनु । धमिलो पानी आउनु यो समस्या ५ नम्बर वडा भरी रहेकोले धमिलो पानी नआउने वतावरण बनाउन विभिन्न स्थानमा फिल्टर ट्याङ्कीको निर्माण गर्ने बताए । उनले वडा भरी दैनिक कम्तिमा पनि २ घण्टा खानेपानी वितरण गर्ने गरी योजना सहित सहयोग जुटाउने बताएका छन् ।
उनले धरान ५ मा माध्यमिक तहसम्मको विद्यालय रहेकोले त्यसलाई स्तरउन्नती गरी उच्च माध्यमिक बनाउने र अन्य तहका विद्यालयहरूलाई सोही अनुसार स्तरोन्नति गर्दै अगाडी लगिने बताएका छन् । मनप्रसादले भने ू धरान ५ उच्च माध्यमिक तहको एउटा विद्यालय हुनु पर्छ । म त्यसको लागी पहल गर्ने छु । ५ भित्रै रहेका अन्य सामुदायिक विद्यालयको स्तर उन्नतिकालागि पनि पहल गर्छु ।