लक्ष्मीमार्ग । मोरङको बेलबारी र सुन्दरहरैंचा स्थित नेपाली काँग्रेसले बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षीत  गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

 बेलबारी नगरपालीकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेद्वार रहेका महेन्द्र सुवेदीले घोषणापत्र सार्वजनिक गर्दै यो घोषणा पत्रमा नगरपालिका विकासको समग्र खाका रहेको बताए ।

उनले गाउँ गाउँमा गएर जनतालाई पार्टीको घोषणा पत्र बुझाउने र विजयपश्चात घोषणा पत्रअनुसार काम गर्ने प्रतिबद्धता जाहेर गरे । घोषणा पत्र सार्वजनिक कार्यक्रममा जिल्ला सभापति डिकबहादुर लिम्बू, महासमिति सदस्यहरू नगेन्द्र जमरकट्टेल, महाधिबेशन प्रतिनिधि  दिलीप गच्छदार, राजकुमार लिम्बु, बिजय तोलांगी मेयर, उपमेयर, वडा अध्यक्षका उमेद्वारहरु तथा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको  थियो ।

त्यस्तै सुन्दरहरैचा स्थीत विराटचोकमा पनि एक कार्यक्रमका बीच नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । मेयर पदका उम्मेद्वार शिवप्रसाद ढकाल, प्रदेश उपसभापति तथा राष्ट्रिय सभाका सांसद रमेशजङ्ग रायमाझी, जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला  लगायतले घोषणापत्र सार्वजनिक गरेका थिए  । 

जसमा  शिक्षा, खेलकुद ,बालबालिका, स्वास्थ्य, कृषि उद्यम ,रोजगारी, पर्यटन प्रबद्र्धन, वातावारण, सरसफाइ ,विपद् व्यवस्थापन, सुशासन , सेवा प्रवाह , प्रविधि, भौतिक पूर्वाधार, कला साहित्य पत्रकारिता साथै  मानव संशाधन विकास र सशक्तिकरण लगायत पार्टीको घोषणापत्रमा  बुँदागत रुपले समेटिएको छ ।

सुन्दरहरैंचालाई सुकुम्बासी मुक्त नगर घोषणा गर्ने साथै युवाहरुलाई क्षमता विकास तालिमका साथै  रोजगारी दिइने लक्ष्य सहित काँग्रेस चुनावी मैदानमा उत्रीएको छ । यस अघिका मेयर शिवप्रसाद ढकाललाई काँग्रेसले पुनः उमेद्धवार बनाएको छ ।

काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज चापागाई उपमेयरका उमेद्धवार छन् । घोषपत्रमा नेपालकै सबैभन्दा ठुलो बहुउद्देश्यीय  अन्तराष्ट्रीय स्टेडियम निर्माण गर्ने देखी खुल्ला व्यायमशाला स्थापना गर्ने देखी पत्रकारलाई खोजमुलक स्टोरी लेखे बापत मासिक १० हजार प्रदान गर्ने देखी पत्रकारको दुर्घटना बीमा गरिने भएको छ ।