धरान । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिका वडा नं. २ का उम्मेदवारको रूपमा नेपाली काङ्ग्रेसका सुधीरसिंह लिम्बू चुनावमा होमिएका छन् ।
माओवादीले धरान–२ को अध्यक्षमा काङ्ग्रेसलाई सघाएपछि लिम्बूको लागि बाटो खुला भएको छ । यसअघि पनि वडा २ को अध्यक्षमा काङ्ग्रेसकै माधवगोविन्द श्रेष्ठ विजयी भएका थिए । यसपटक सुधीरसिंहको प्रतिस्पर्धा एमालेका रमेश राईसँग हुनेछ ।
देशीलाइनको फराकिलो सडकसहित आधुनिकीकरण, माछाभौडी चौकलाई पार्कको रूपमा विकास गर्ने कार्यमा उनको भूमिका रहेको छ । बसपार्क र होटेल, रेष्टुराँ, व्यापार, व्यवसाय रहेको धरान–२ मा खानेपानीको सबैभन्दा ठूलो समस्या छ । वडामा खानेपानीको मौज्दात राख्न उपयुक्त स्थानमा ट्याङ्की बनाउने उनको योजना छ ।
भानुचौक, देशीलाइनको व्यवसायलाई व्यवस्थित गर्ने, सोही ठाउँमा बसपार्क, ट्याक्सी, टेम्पो, सफारीको पार्क, स्ट्यान्ड सार्वजनिक शौचालय भएकोले वडा २ ले त्यहाँका सुरक्षा, सरसफाइ र उचित व्यवस्थापनको चुनौती रहेकाले यस्ता समस्या समाधान गर्ने उनको प्रतिबद्धता छ ।