धरान । राष्ट्रिय युवा संघ धरानले सूर्य ध्वजा वाहक उम्मेदवारलाई जिताउनको लागि सम्पूर्ण धरानका युवाहरूलाई आग्रह गरेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मेयर मञ्जु भण्डारी (सुवेदी) र उप मेयर पदका उम्मेदवार पदम इस्वो ९लिम्बू० लगायत २० वटै वडाका सूर्य ध्वजा वाहक उम्मेद्धवारलाई मत दिएर जिताउन आग्रह गरेका हुन् ।
बिहीबार चियापान तथा भेटघाट कार्यक्रममा धरानका सम्पूर्ण युवाहरूलाई आग्रह गर्दै धरानका सम्पूर्ण युवाहरू एमालेको पक्षमा रहेको दाबी गरेका छन् । उपमेयर पदका उम्मेदवार पदम इस्वोले युवाहरूको हक अधिकार र युवाको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भने, हामी युवाहरूको नगर र देश विकासमा महत्त्वपूर्ण भूमिका हुन्छ , धरानमा युवाहरूलाई हामी पहिलो प्राथमिकतामा राखेका छौँ, युवाहरूको माग र समस्या समाधान गर्नको लागि नेकपा एमाले सदैव प्रतिबद्ध रहने छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय लिम्बू अर्जुन लिम्बूले धरानका सम्पूर्ण युवाहरू एमालेको उम्मेदवारलाई जिताउनको लागि कटिबद्ध रहेको बताउँदै मतदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्वाचन परिचालन समितिको संयोजक मुरारी सुवेदीले देशकै एक मात्रै नमुना बस पार्क बनाउँदै गरेको , विराटनगर बाट किमाथांका नाका सम्म सम्म गौरवशाली बाटो निमार्ण गर्दै , सुरुङ मार्गको काम हुँदै गरेको बताए ।
उनले एमाले जताउन तर्फमा लागेमा अझै विकाशका कामहरू अघि बढ्ने समेत बताए । उनले अबको नेतृत्व युवाहरूको काँधमा आएको उल्लेख गर्दै एमालेले उठाएको उम्मेदवार नै युवा भएकाले धरानको विकासले अव फड्को मार्ने बताए । कार्यक्रममा युवा, विद्यार्थी, बुद्धिजीवी , नेता , कार्यकर्ता र मजदुरहरूको ठुलो उपस्थिति रहेको थियो ।