धरान । आसन्न वैशाख ३० को स्थानीय तह निर्वाचनको घरदैलो अभियानमा व्यस्त छन् रिकेस विश्वकर्मा । उनी धरान ११ मा खुल्ला सदस्य पदका उम्मेदवार हुन् ।

उनको राजनीतिक इतिहास लामो नभए पनि सामाजिक कार्यमा विगतदेखि नै क्रियाशील थिए । कलाकारिता, साहित्यदेखि पत्रकारितामा संलग्न रिकेस धरानमा परिचित छन् । उनले विगतमा पनि वडावासीका समस्याहरूलाई समाधान गर्दै आएका छन् । उनले आफू युवा भए पनि युवा पुस्तमा मात्रै नभई आम वडावासीका समस्याका प्रतिनिधित्व गर्ने बताउँछन् ।

उनी भन्छन्, ‘सबैको प्रतिनिधि बन्नका लागि सदस्यमा उम्मेदवार बनेको हुँ ।’ एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका रिकेस ठुलो पार्टी छोडेर सानोमा लाग्नुको कारण भने पार्टीमा विचार भन्दा पनि व्यक्ति प्रधान भएको बताए । रिकेश प्रतिगामीहरूलाई पराजित गर्नका लागि पनि आफूले सदस्यमा उम्मेदवार दिएको उनले बताए ।

रिकेस सक्रिय राजनीतिमा आउनुका कारण भने धेरै रहेको बताए । रिकेससँग राजनीतिक नेतृत्वदेखि पीडित हुनु परेको अनुभव धेरै छन् । उनले भने, ‘२०७२ सालको निर्वाचनपछि धरान उपमहानगर नगर प्रहरीको विज्ञापन भयो । मैले पनि असईमा आवेदन दिए ।

सबै शारीरिक तथा स्वास्थ परीक्षण र अन्तरवार्ता उत्कृष्ट भए । छनौट समितिमा भएका एक व्यक्तिले १ नम्बर नाम भएको जानकारी पनि दिए । तर, राजनीतिक तथा आर्थिक चलखेलका कारणले नाम निस्किएन ।’ आफू पीडित बनेपछि अरु यस्तो पीडित नहुन भन्ने सोचले राजनीतिमा आउन प्रोत्साहित भएको उनले बताए ।

किन सदस्यमा नै उम्मेदवार भन्ने जिज्ञासा भन्छन्, ‘पद महत्त्वपूर्ण होइन । काम महत्त्वपूर्ण हो ।’सदस्यले पनि अध्यक्ष जति काम गर्न सकिन्छ ।त्यसका लागि क्षमता हुनुपर्छ ।’ उनले थपे, ‘तपाईँलाई राजनीतिक दल पनि सानोबाट किन भन्ने लाग्छ होलारु  आगो पनि सुरुमा झिल्को नै हुन्छ ।’ उनले सदस्यमा निर्वाचित भएमा निर्वाचित जनप्रतिनिधिका विृकतिलाई निरुत्साहित गर्ने बताए । उनले भने, ‘रोक्न सकिन भने पनि गलत कुरा मतदाता /जनतासामु ल्याउँछु । त्यसपछि आफै निरुत्साहित हुन्छन् ।’

उनले भाषणमा युवा नेतृत्व भन्नेहरूलाई चुनौती दिँदै उम्मेदवारी दिएको बताए । उनले भने, ‘आराम गर्ने बेलामा राजनीति गर्ने परम्परालाई हटाउन पनि उम्मेदवारी हो ।’ उनले आफ्नो वडामा गरेको काम नै जितको आधार भएको बताए । उनले विगतदेखि नै आफ्नो वडामा गुणस्तरीय शिक्षा, स्वास्थ्यका लागि कार्य गरेको बताउँदै भने, ‘जित्न गाह्रो छैन ।’ उनले निर्वाचित भएमा बृद्धाबृद्धहरूदेखि बालबालिकासम्मलाई सहज सेवा लिन सक्ने वातावरण मिलाउने बताए ।

युवाहरूलाई सिपमूलक तालिम दिई स्वरोजगार बनाउने योजना रहेको बताए । सुकुम्वासी दलित र विपन्नहरूको पहिचान गरी रासन प्याकेज कार्यक्रम ल्याउने, स्वास्थ्यको क्षेत्रमा एक घर एक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने बताउँदै भने, प्यानल नै विजयी भए सम्भव छ ।’ नेकपा माओवादी केन्द्र धरान ११ को सहकार्य गर्दै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडाबाट खुल्ला सदस्य उम्मेदवार दिएका छन् ।