विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपेटिका र मतपत्रलगायत आवश्यक समाग्रीसहित कर्मचारीहरु प्रदेश १ मतदान स्थलमा पुगेका छन् । १४ जिल्लाको १ सय ३७ स्थानिय तहको मतदानस्थलमा मंगलबार साझ कर्मचारीहरु निर्वाचनका लागि पुगेका हुन् ।
प्रदेश १ का सबै मतदान स्थलमा निर्वाचन सामाग्रि पुगि सकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । प्रदेश १ मा १ हजार ८ सय ७७ मतदानस्थल रहेका छन । मंगलबार साझ ५ बजे सम्ममा सबै मतदान स्थलामा सामाग्रि पुगी सकेको निर्वाचन प्रमुख अधिकारीले जानकारी दिए ।
उनका अनुसार पहाडि तथा हिमालि जिल्लामा निर्वाचन सामाग्री पुगिसकेका छन् । तराईका जिल्ला तथा सदरमुकाम आसपासका मतदान केन्द्र बाहेक सबै पालिकामा निर्वाचन सामाग्रि पुगि सकेको उनले बताए । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् ।
४ हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मतदान केन्द्रको निर्माणको काम पनि सुरू भएको छ । अधिकारीका अनुसार मतदान केन्द्रको निर्माणको काम पनि सुरु भएको र कर्मचारी पनि त्यसस्थलमा पुगि सकेका छन । ‘मतपत्र, स्वस्तीक छापलगायत सबै पुगिसकेको छ,’ अधिकारीले भने, ‘बिना अवरोध काम भइरहेको छ ।’
निर्वाचन कर्मचारीले केही सूचना निकाल्ने मुचलुक्का बनाउने लगायतका काम गर्ने उनले बताए । निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ ।
कतिपय अवस्थामा हेलिकप्टरबाट गस्ती गर्ने तयारी पनि नेपाली सेनाले गरेको छ । ५ सय बढी मतदातामा ५ जना कर्मचारी खटिने गरेका छन् । पाँच सय भन्दा कममा चार जना कर्मचारी खटिने गरेका छन् । प्रदेशमा १९ हजार बढी कर्मचारी परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।