विराटनगर । स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । विराटनगरसहित देशैभर विहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदान साँझ ५ बजेसम्म जारी हुनेछन । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न मतदान हुँदैछ ।
निर्वाचनमा मतदान गर्ने योग्य व्यक्ति १ करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
निर्वाचनको लागि ६ हजार ७४३ वटा वडामा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । ३५ हजार २२१ जना उम्मेदवारमध्ये कतिपय निर्धिरोध निर्वाचित भएका छन् ।
मतदान केन्द्रमा १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक खटिएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल र स्वतन्त्र गरी ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी जम्मा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।