प्रदेश १ का प्रमुख सहरहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका मा आज बिहान ८ बजेबाट मतगणना सुरू भएको छ ।
निर्वाचन आयोगका अनुसार देशका सबै महानगर र उपमहानगरमा अज बिहानबाट मतगणना सुरू भएको हो ।
१ लाख ३२४ मतदाता रहेको धरानमा ६३ हजार ९८ मत खसेरको छ जुन कुल मतको ६३ प्रतिशत मत गसेको हो । खसेको मतमध्ये महिलातर्फ ३३ हजार ७४८ मत खसेको छ भने पुरुषतर्फ २९ हजार ३५० मत खसेको छ ।
१ लाख ४ हजार ६२६ कुल मतदाता रहको इटहरीमा ७३ हजार ७३२ मत खसेको छ । जुन कुलमतको ७०.४७ प्रतिसत हो ।