धरान उपमहानगर पालिकामा १, २ र ३ नम्बर वडाको ३५ सय मत गणना हुँदा प्रमुखमा गठबन्धनका उमेदवार नेपाली काँग्रेसका किशोर राईको अग्रता कायमै रहेको छ ।
राईले १३४० मत प्रप्त गर्दा उनलाइ पच्छ्याउँदै स्वतन्त्र उमेदवार हर्क साम्पाङले ९२२ मत प्राप्त गरेका छन्, भने मञ्जु भण्डारीले ७०६ मत प्रप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनकै उमेदवार माओवदीका आइन्द्रविक्रम बेघाले १४२९ र एमालेका पदम लिम्बुले ८४४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर २ मा वडाध्यक्षमा एमालेका उम्मेद्वार रमेश राई विजयी भएका छन् । राईले ६९५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६२३ मत प्राप्त गरेका थिए। अन्य सदस्यहरुमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरुको अग्रता रहेको छ ।