सुनसरी जिल्ला प्रशासन कार्यालयले बिहान ८ बजे सम्म सुनसरीका १२ पालिकाको प्ररम्भिक मत परिणाम सार्वजिनक गरेको छ ।
सार्वजनिक परिणाम अनुसार धरानमा प्रमुख पदमा ४ दलिय गठबन्धन गरेको नेपाली कांग्रेसले १५८७ मत प्रप्त गरेको छ भने सवतन्त्र उमेदवार हर्क सम्पाङले ११११ मत प्रप्त गरेका छन् । नेकपा एमाले प्रमुख पदमा ९५१ मत प्रप्त गरेको छ ।
त्यस्तै उपप्रमुखमा, माओवादी केन्द्रले १७२९ मत प्रप्त गरेको छ भने एमालेका उमेदवारले १०१७ मत प्रप्त गरेका छन् ।
त्यसै गरी इटहरीमा, गठबन्धन गरेर प्रमुख पदमा उमेदवारी दिएको काँग्रेसले १९२९ मत प्राप्त गरेको छ भने एमालेले १४२७ मत ल्याएर दोस्रो भएको छ । राप्रपाले इटहरीको प्रमुख पदमा १९५ मत प्राप्त गरेको छ ।
उपप्रमुखमा एमालेका उमेदवारले १५४६ मत ल्याउँदा गठबन्धनबाट उमेदवारी दिएको नेकपा एकिकृत समाजवादीका उमेदवारले १२६६ मत प्राप्त गरेका छन् । राप्रपाले उपप्रमुखमा २५६ मत प्राप्त गरेको छ ।
बराहक्षेत्रको प्रमुखमा एमालेले ५४८ मत प्राप्त गरेको छ भने गठबन्धन गरेर उमेदवारी दिएको काँग्रेसले ४७४ मत प्राप्त गरेको छ । स्वतन्त्र उमेदवारले १६१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा ५७६ मत प्राप्त गरेको एमालेको डबल भन्दा बढी मतान्तरले गठबन्धनको माओवादी केन्द्र पछि परेको छ । उपप्रमुखमा माओवादी केन्द्रले २१० भने राप्रपाले ५७ मत प्रप्त गरेको छ ।
इनरूवा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख दुबैमा काँग्रेसको अग्रता रहेको छ । प्रम्रख पदका काँग्रेसका उमेदवारले १२५५ मत प्राप्त गर्दा एमालेका उमेदवारले ७०५ मत जसपाले ३१४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा काँग्रेसले ११८४ मत प्राप्त गर्दा एमालेले, ६७५ मत प्राप्त गरेको छ भने जसपाले ३४७ मत प्रप्त गरेको छ ।
रामधुनिमा प्रमुख र उप्रमुखमा एमालेको अग्रता रहेको छ । प्रमुदख पदमा एमालेले १२०२ मत प्राप्त गर्दा काँग्रेसले ७१२, माओवादी केन्द्रले ५३ मत पाएको छ ।
उपप्रमुखमा एमालेले ११०० मत प्राप्त गर्दा काँग्रेसले ७३४ र नेकपा एसले ५७ मत प्राप्त गरेको छ ।
दुहवीमा काँग्रेसको अग्रता रहेको छ । प्रमुख पदमा काँग्रेले १२३४ मत प्राप्त गर्दा एमालेले ११८६ र राप्रपाले २६ मत प्राप्त गरेको छ ।
उपप्रमुखमा काँग्रेसले १११९ मत प्रप्त गरेको छ जसपाले ३७९ र राप्रपाले १३० मत प्राप्त गरेको छ ।
भोक्राहामा पनि काँग्रेसको अग्रता देखिएको छ । अध्यक्षमा काँग्रेसले ८९६ मत प्रप्त गर्दा एमालेले ७५२ र राप्रपाले ४७४ मत प्राप्त गरेको छ ।
त्यस्तै उपमाध्यक्षमा काँग्रेसले ८१५ मत प्राीत गरेको छ भने एमालेले ५८४, राप्रपाले ५८३ मत प्राप्त गरेको छ ।
कोशीमा जसपाको अग्रता देखिएको छ । अध्यक्ष पदमा ९७९ मत प्राप्त गरेकोजसपालाइ काँग्रेसले ५२५ मत ल्याएर पच्छ्याएको छ । एमालेले २०९ मत प्रप्त गरेको छ ।
उपाध्यक्षमा ८२४ मत ल्याएको जसपालाइ काँग्रसले ५१३ मत ल्याएर पच्छ्याएको छ । तेस्रो स्थानमा रहेको एमालेले २६७ मत ल्याएको छ ।
हरिनगरमा काँग्रेसको अग्रता देखिएको छ । अध्यक्ष र उपाध्यक्षमा क्रमशः ६४३ र ५९६ मतलएको काँग्रेलाइ एमालेले क्रमशः ३६२ र ४०० मत लएर पछ्याएको छ । जसपाले अध्यक्ष र उपाध्यक्षमा क्रमशः ३५५ र ३०१ मत ल्याएको छ ।
गढीमा एमालेको अग्रता रहेको छ । एमालेले अध्यक्षमा १३२२ मत प्राप्त गरेको छ भने काँग्रेसले ९५२ मत प्राप्त गरेको छ । उपाध्यक्षमा एमालेले ११११ मत प्रप्त गरेको छ भने काँग्रेसले १०७५ मत प्रप्त गरेको छ ।
देवानगन्जमा काँग्रसको अग्रता रहेको छ । अध्यक्षमा काँग्रका उमेदवारले १०४७ मत प्राप्त गर्दा एमालेले ५४६ र जसपाले ६४४ मत प्रप्त गरेको छ ।
उपाध्यक्षमा काँग्रेसले ९५२ मत प्राप्त गर्दा एमालेले ६८६ र जसपाले ५४९ मत प्रप्त गरेको छ ।
बर्जुमा एमालेको अग्रता देखिएको छ । अध्यक्ष पदमा एमालेले १२१३ मत प्रप्त गर्दा काँग्रसले ९०६ मत प्राप्त गरेको छ माओवादीले २०० मत प्राप्त गरेको छ ।
त्यस्तै उपध्यक्षमा एमालेले ११७५ मत प्राप्त गर्दा काँग्रेसले ८९६ र जसपाले २७७ मत प्रप्त गरेको छ ।