पथरी । नेकपा एमाले लालकिल्ला मानिने मोरङको कानेपोखरी वडा नंं. –७ मा एमालेको प्यानलनै विजयी भएको छ । पूर्व वडा अध्यक्ष समेत रहेका मोहन प्रसाद अधिकारी नेतृत्वको प्यानल विजयी भएको हो ।
वडा अध्यक्ष अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालयले जनाए । अध्यक्षको निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार ९० मत ल्याएका थिए । त्यसैगरी नेकपा(माओवादी केन्द्र)का नविन राईले ९४, राप्रपाको अध्यक्ष मोहन खड्काले १२, र दाप सहितको खुकुरीको अध्यक्ष पदको सेरमान लिम्बुले ७ मत ल्इाएका थिए ।
एमालेका विजयी सदस्यहरु पदमकुमारी कार्की १४०९, जीत बहादुर लिम्बु १३००, जीवन सुब्बा १२८२ र दलित महिला सदस्यमा रुविना विश्वकर्मा १३६१ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैग्री दाप सहितको खुकुरी पहिलो खुल्ला सदस्यमा विजयी लिम्बुले ६६ मत ल्याएका छन् । वडामा २ हजार ७ सय २ मत खसेको थियो ।
१ नम्बर वडाबाट गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेद्वार राजमती इङ्नामले ९६२ मत ल्याएका थिए । कांग्रेसका अध्यक्ष सन्जय भट्राईले ८४९ मत ल्याएका थिए भने माओवादीका अध्यक्ष सूर्य धिमालले ४६६ मत पाएका थिए । त्यसैगरी उपाध्यक्ष पदमा एमालेको भोला अधिकारीले ९८३ मत, नेपाली कांग्रेसका मनकुमारी गुरुङले ८७२ मत र माओवादीका तारा ओझाले ४३२ मत पाएका छन् ।