धरान उपमहानगरपालिकाको ५ नम्बर वडामा नेकपा एमालेको वडाध्यक्ष सहितको प्यान नै विजयी भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो  एमालेका वडाध्यक्षका उम्मेदवार मन प्रसाद लिम्बूले १६ सय १४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका  उम्मेदवार धरान ५ का निवर्तमान वडाध्यक्ष  सन्तोष लिम्बूले १४ सय ५४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, विजयी हुने सदस्यहरूमा महिला सदस्यले  १६ सय २३, दलित महिला सदस्यले १५९८, खुल्ला सदस्य एकल चिन्हमा १४ सय ५० र खुल्ला सदस्य दुई बटा चिन्हमा १५ सय २४ मत प्राप्त गरेर नेकपा एमालेको प्यानल नै विजयी भएका छन् । 

धरान ७ मा वडाअध्यक्षमा एमालेले विजयी भएको छ भने वडा सदस्यहरूमा  काँग्रेसका २ र एमालेका २ जना विजयी भएका छन् । 

एमालेका वडाध्यक्षका उमेदवार जीवन सुवेदी ६७९ मत ल्याउँदा उनले निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखे  ५७२ मत गरेका थिए ।  पलिखेलाई १०७ मतान्तरले हराए सवेदी विजयी भएका हुन्।

 वडा ७ मा एमालेबाट खुला सदस्यमा राजेश मोक्तान ५९३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा ६२४ मत ल्याएर विजयी भएकी छन् । महिला वडा सदस्यमा भने नेपाली कांग्रेसकी रमिता श्रेष्ठ ६२७ मत ल्याएर विजयी भइन् । यस्तै, खुला सदस्यतर्फ कांग्रेसका सुमिर बम्जन ६ सय मत ल्याएर विजयी भए  ।