धरान उपमहानगरपालिका ६ मा स्वतन्त्र उमेदवार भुपेन्द्र भट्टराई निर्वाचित भएका छन् ।
काँग्रेसका प्रदेश प्रतिनिधि भट्टराई धारा चुनाव चिन्हमा स्वतन्त्र उमेदवारी दिएका थिए । २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडाअध्यक्षमा एमालेका भुवन बस्नेतसँग पराजित भएका भट्टराईले १८२० मत प्राप्त गर्दा उनकाे नजिकका प्रतिस्पर्धी एमालेका हरि राईले १३२८ मत प्राप्त गरी उपविजेता बनेका छन् ।
वडा सदस्यमा एमालेका यशोदा लामिछानेले १४४४ , देवीमाया विश्वकर्मा १४३६, नरायण निरौला र राजेन्द्र न्यौपाने क्रममशः १५६७ र १४१३ मत प्रप्त गरेर निर्वाचित भएका छन् ।
६ नम्बर वडामा कुल ५३५७ मतमा ३९४६ मत खसेकाे थियाे ।