विराटनगर । मोरङको लेटाङ नगरपालिकामा प्रमुखमा एमालेका भुपेन्द्र कुमार लावती र उपप्रमुखमा एमालेकी कृष्ण कुमारी पोखरेल निर्वाचित भएका छन् । बुधबार सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार एमालेका लावतीले १० हजार २ सय २२७ मत र उपप्रमुखमा एमालेकै पोखरेलले ९ हजार ४६० मत ल्याएर विजयी भएका हुन् ।

लावतीले गठबन्धनबाट उठेका काँग्रेसका उम्मेदवार  ज्ञानेन्द्र ढकाललाई २ हजार १ सय २२ मतको अन्तरले पराजित गरेका हुन् । यहाँ काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । नगर प्रमुखमा काँग्रेसका ढकालले ८ हजार १ सय ५  मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कृष्ण प्रसाद लम्साल उपप्रमुखमा ४ हजार ९०५मत ल्याएर ल्याएर निकटतम प्रतिद्वन्द्वी भए ।

उक्त नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका शंकर राईले ६ हजार  ९६१ र उपप्रमुखमा एमालेकी कृष्ण कुमारी पोखरेल निरौलाले ६८०९  मत ल्याएर जितेका थिए ।

९ वडा रहेको लेटाङमा एमालेले वडा नम्बरहरू १,२,३, ४, ५ र ७, काँग्रेसले ६, ८ र ९ को अध्यक्ष जितेको छ । १ मा एमालेका विणु कुमार मगरले ९७९, २ मा तेज प्रसाद तिम्सिनीले १७४४, ३ मा डम्बर बहादुर राईले १३३०, ४ मा एमालेका रामकुमार श्रेष्ठले १२१५, ५ मा एमालेका भुम बहादुर मगरले १३३९ मत ल्याएर वडाअध्यक्षमा जितेका छन् ।

यसैगरि काँग्रेसले ६ मा जंगवीर तामाङले ८५३, ७ मा एमालेका खगेन्द्र बहादुर लिम्बुले ९९६,  ८ मा काँग्रेसका भीम प्रसाद पोखरेलले ८८० र ९ मा काँग्रेसका नन्द प्रसाद खतिवडाले ११५२ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् ।