बराहक्षेत्र नगरपालिकामा  बिहान ८ः३०  बजेसम्म ११ हजार ३८९ मतगणना सकिएको छ । 

 निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त मतगणना सकिदा गठबन्धनबाट प्रमुखका उम्मेदवार काँग्रेसका रमेश कार्की ४५८३ मत प्राप्त गरेका छन् । भने एमाले  निलम खनालले  ३६८१  मत प्राप्त गरेका छन् । 

 वडा १ र २ को मतगणना गर्दा अग्रता लिएका  खनाललाई  १० र ११ को  मत गणना गर्दै गर्दा कार्कीले  ९०२ मतले पछि पारेका छन् । 

उपप्रमुखमा भने एमालेकी उम्मेदवार नन्दकुमारी राईको अग्रता कायमै रहेको छ । उनले ३९६२ मत प्राप्त गर्दा  निकटतम प्रतिस्पर्धी गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी अमित गौतमले  २६०७ मत प्राप्त गरेकी छिन्  ।