इटहरी उपमहानगरपालिकामा गठबन्धनका प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका हेमकर्ण पौडेलले लगातार अग्रता बढाउँदै गएका छन् । उपमहानगरका विभिन्न वडाको ३० हजार २४४ मत गणना सक्दाको पछिल्लो परिणाम अनुसार पौडेलले नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बालाई २२ सय भन्दा बढी मतान्तरले पछि पारेका छन् ।
पौडेलले १३,७७९ मत प्राप्त गर्दा सुब्बाले भने ११,५६५ मत प्राप्त गरेका छन् ।
उपमहानगरपालिकाको उपप्रमुख पदमा भने गठबन्धन दलका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई ४७ सय भन्दा बढी मतान्तरले नेकपा एमालेकी संगीता चौधरी पछि पारेकी छिन् । उनले १२,९९४ मत प्राप्त गर्दा विष्टले ८,२०९ मत प्राप्त गरेका छन् ।