धरान उपमहानगरपालिका वडा नम्बर २० को मत पेटीकामा अधिकृतको हस्ताक्षर बिनाको मतपत्र फेला परेपछि स्थनिय आन्दोलित बनेका छन् ।
मत पेटीकामा ११ वटा अधिकृतको हस्ताक्षर बिनाको मतपत्र फेला परेपछि मतगणना स्थलमा रहेका वडा नम्बर २० का स्थानीयले आन्दोलन सुरु गरेका छन् । आन्दोलित स्थानीयले गणना स्थगित गर्दै, छानबिन गरेर दोषीलाई कारबाहीकाे माग समेत गरिरहेका छन् ।
आन्दोलित स्थानियले तोडफोडको पनि प्रयास गरेपछि सुरक्षाकर्मी परिचालित गरिएकाे छ । आन्दोलन अहिले पनि जारी छ ।