धरान । ‘मिस एण्ड मिस्टर सुप्रानेसनल नेपाल २०२२’ का प्रतिस्पर्धीहरूले आफ्नो ट्यालेन्ट स्टेजमा प्रस्तुत गरेका छन् ।

जेठ १५ गते हुन लागेको फाइनल राउन्डपूर्व २० प्रतियोगीले आफ्नो ट्यालेन्ट देखाएका हुन् । प्रतियोगीले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङलगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए ।

अभिनेता पुष्प खड्का, लेखक तथा निर्देशक राज शाह, पेन्टर चिराग, गायिका सोना अमात्य, मिष्टर नेपाल सन्तोष उपाध्याय, लेखक जयदेव गौडेल निर्णायक रहेका थिए ।

‘मिस एन्ड मिस्टर सुप्रानेसनल नेपाल’ विजेता सन्तोष उपाध्यायले पोल्याण्डबाट फ्रेन्चाइज लिएर सनवर्षी इन्टरनेसनलबाट प्रतियोगिता आयोजना गरेका हुन् । ‘मिस सुप्रानेसनल’ पनि महिलाहरूको विश्वप्रसिद्ध प्रतियोगितामध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ ।

mr