- वीरेन्द्रसिंह थापा
भन्ने गरिन्छ, नीतिहरु मध्येमा उत्कृष्ट नीति राजनीति हो । तर, आज राजनीति दिशाविहीन हुँदै गइरहेको छ । भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचन लगभग अन्तिम परिणाम दिँदैछ । निर्वाचन परिणामले जनसमुदाय सधैंभरि दलका कमारा बन्न तयार छैनन् भन्ने सन्देश दिंदै आफ्नो स्थानीय निकायको विकासका लागि आवश्यक पर्यो भने दलविहीनता पनि स्वीकार गर्न तयार रहेछन् भन्ने देखाएको छ । दलीय आस्थाभन्दा पनि व्यक्तिबाट प्रभावित हुँदै गएको परिस्थितिले आउँदा दिनहरु अझ कस्तो हुँदै जान्छ भन्ने गर्भमा नै छ ।
दलका प्रमुख नेताहरुले राष्टूका ज्वलन्त समस्याहरुको सही सम्बोधन गर्न मन्थन गर्नु पर्नेमा निहीत आरोप(प्रत्यारोप गरेर नागरिकसमक्ष आप्mनै मान(मर्दन गरिरहेका छन् । केही दशकहरुको बिच बिचमा शासन प्रणालीको नाम परिवर्तन त भइरहेको छ तर शासन सञ्चालन गर्ने शासकको प्रवृत्ति चाँहि फरक नभइ जस्ताको तस्तै छ । बरु झन् गिजोलिरहेको छ, अर्थात राजनीति दिशाहीन, नीतिहीन भएको छ । यस्तो अवस्था राष्टूको लागि दुर्भाग्य हो भन्दा अतिशयोक्ति नहोला ।
आजको विश्वले जुन दुःख तथा असह्य पीडा पाइरहेको छ, यसको मुख्य कारण राजनीति नै हो । हिजोका दिनमा गरिबीको कारण राष्टूको विकास हुन सकेन भनेर भन्ने गरिन्थ्यो तर आज त्यसो होइन । किनभने राजनीति गर्ने नेतृत्व समूहले नागरिकको शिक्षा, स्वास्थ्य, आवास र आहारको लागि एकचित्त भएर लाग्नु पर्नेमा उनीहरु शक्ति, स्वार्थ, सत्ता र भ्रष्टाचार तर्फ उन्मुख भए । उनीहरु पैसा, निर्वाचन, पद अनि पुनः पैसाको कुचक्रमा परिसकेका छन् । यस्ते कुचक्रबाट मुक्त हुन यो पुस्तालाई अति नै कठिन छ ।
हाम्रा शास्त्रहरुले हामीलाई स्पष्ट निर्देश गरिदिएका छन् कि यस लोकमा म र परिवार छान्नु पर्यो भने ‘म’ लाई छाड ‘परिवार’ लाई रोज अनि ‘परिवार’ र ‘समाज’ मध्येमा एउटालाई छान्नु परेमा ‘परिवार’ लाई छाड ‘समाज’ लाई रोज, ‘समाज र राष्टू’ लाई रोज्नु परेमा समाजलाई छाड राष्टूलाई रोज, यसैगरी राष्टू र विश्वलाई चयन गर्नु परेमा ‘राष्टू’ लाई छाड ‘विश्व’ लाई रोज र अन्त्यमा ‘विश्व’ र ‘सत्य’ लाई रोज्नु परेमा ‘विश्व’ लाई छोड ‘सत्य’ लाई रोज किनभने सत्यमा मानवता हुन्छ, ईश्वर हुन्छ । यसप्रकार विश्व समुदाय दीक्षित हुनु पर्नेमा त्यसो हुन सकिरहेको छैन । सत्यबाट म हुनुपर्नेमा मबाट सत्य हुँदैछ ।
शासन मानवताको नाममा गरिनु पर्छ अपितु नीहित स्वार्थको लागि गरिनु हुँदैन । राजनीतिक दल, वाक स्वतन्त्रता, आवधिक निर्वाचन यति मात्र कारणलाई नागरिकको शासन भन्न थालियो भने यो पूणर्ता हुँदैन, किनभने नागरिकको समुचित विकास पनि यो बुँदासँग जोडिनु पर्छ । माथि नै उल्लेख गरिसकेको छ कि एउटा गौरवान्वित राष्टू हुनको लागि त्यो राष्टूको नागरिकले भ्रष्टाचारविहीन कार्य सम्पादन, प्रत्येक नागरिकको सम्मान, प्रत्येक नागरिकले पाउनु पर्ने शिक्षा, स्वास्थ्य, आवास र आहार भनेका हाम्रो लागि आधारभूत आवश्यकता हुन् । अर्थात पैसा नभएकै कारण उल्लेखित आधारभूत आवश्यकताबाट वञ्चित हुनु कदापि नपरोस् । यो मूल्य मान्यतामा आधारित राजनीति हुनुपर्छ, गरिनुपर्छ । तर हाम्रो देशमा यसो भइरहेको छैन ।
समाजबाट हामीले प्राप्त गरिरहेको शिक्षा पनि पुनरावलोकन गर्नु पर्ने हो की ? किनभने हामी नेपाली हुन खोजिरहेका छैनौं । हामी यस समाजप्रति आवद्ध प्रत्येक व्यक्ति कोही दक्षिणपन्थीः कोही वामपन्थी, कोही समाजवादी वा कोही मधेसवादी हुन तयार छौं तर नेपाली भएर राष्टूहितको बारेमा अडान लिन सकिरहेका छैनौं, यो एकदमै गलत परिपाटी हो । सन्दर्भ उल्लेख गर्नुपर्दा हामी अन्य विदेशी राष्टूका महात्मा गान्धी, कार्लमाक्स, अब्राहम लिङ्कन, माओ त्से तुङ, लेलिनका तस्वीरहरु आ(आफ्ना सभाकक्षमा राख्न तयार हुन्छौं तर हाम्रो आफ्नै राष्टूनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्न पनि चाहँदैनौं, यो कस्तो प्रवृत्ति हो ? गम्भीरतापूर्वक एकपटक चिन्तन र मनन् गर्नुपर्ने टड्कारो आवश्यकता छ । यी वाक्यांशहरु लेख्दै गर्दा एकपटक नेपाली भएर त हेरौं र सोचौं किनभने नेपाली हुन सकेमा मनभेद हुँदैन, समभाव भइन्छ, सहृदयी भइन्छ, प्रत्येक नेपालीले नेपालीको मन छुने काम गरिन्छ ।
स्थानीय सरकारको निर्वाचन हाम्रो संविधानले गरेको व्यवस्था हो । आजको स्थानीय निर्वाचन हेर्दा स्वच्छ प्रतिस्पर्धा पनि नभएको, विनियोजित गरिएको खर्च रकमभन्दा अधिक खर्च गरेको देख्न, सुन्न र पढ्न पाइरहेका छौं र विसंगतिदेखि बाहेक अन्य सकारात्मक मानकहरु क्षीण हुँदै गइरहेका छन् । तसर्थ अब आउने स्थानीय सरकारको निर्वाचन प्रणालीको विषयमा संविधानमा संशोसन गरेर आगामी स्थानीय सरकारको निर्वाचनमा दलीय सहभागिता नगराएर स्वतन्त्र प्रतिष्पर्धाको व्यवस्था भएमा सकरात्मक सन्देश जाने र विकासमा प्रतिस्पर्धा हुने देखिन्छ ।
दल र दलका नेताहरुले आफ्ना सिद्धान्त, निष्ठालाई देश र देशवासीको हितको लागि नभएर आफ्ना निहीत स्वार्थपूर्ति गर्ने व्यापार व्यवसाय बनाएका छन् । यी राजनीतिक दलहरु आफ्ना स्तरहीन स्वार्थ हितका लागि कुनैपनि दलले कुनैपनि दलसँग मिलोमतो गर्न उनीहरुको सिद्धान्त, विचारले रोक्दैन तर राष्टूका प्रमुख विषयहरुलाई सम्बोधन गर्नुपर्ने सन्दर्भमा एउटै थलोमा आउन सक्दैनन् ।
यिनै मुख्य कारणहरुले गर्दा होला यसपालिको स्थानीय निकायको निर्वाचनमा मुख्य नगर वा शहरमा स्वतन्त्र उम्मेद्वारलाई मतदाताहरुले कुनैपनि भ्रम नराखी मात्र स्थानीय विकास, समृद्धि र सहजताको लागि भारी मतले विजय गराएका छन् । यसको अर्थ यो आजको कार्यशैलीको विरोधको अभिव्यक्ति हो । यस विषयलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिनुपर्छ । हाम्रो स्मृतिमा आज पनि ताजा छ कि हिजोका दिनहरुमा पञ्चायती व्यवस्थाको विरोध गर्ने क्रममा काठमाडौं उपत्यकावासीले गोल्चे सार्की र नानीमैया दाहाललाई विजय गराएर व्यवस्थाप्रतिको वितृष्णालाई मुखरित गरेका थिए भने आजका दिनहरुमा हाम्रा नेताहरु अझ पनि सचेत भएनन् भने परिणाम नसोचेको हुन सक्छ ।
अहिलेपनि केही बिग्रिएको छैन, राष्टूका नागरिक र राष्टूको सम्मानका लागि कार्य सम्पादन गर्न थाल्यो भने तत्क्षणले सुखानुभूति गराउँछ । जनताले यति मात्र चाहेका छन् कि दलहरुले स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरुन् र सो पश्चात् प्राप्त गरिएको परिणामलाई स(सम्मान र सहृदय ग्रहण गरी आगामी दिनहरुमा यस समाजको, नगरको र राष्टूको हितका लागि सबै एकै ठाउँमा बसी एकचित्त भएर निणर्य गर्ने अभ्यास गरौं ।
अन्त्यमा एउटा नबुझी नहुने कुरो वा कटुसत्य के छ भने हामीले प्राप्त गरेको यो जीवन क्षणभंगुर छ । तसर्थः यो जीवनबाट गरिने प्रत्येक कार्यहरु चिरस्मरणीय हुनुपर्छ । आउँदो पुस्तालाई तपाईंलाई नेताज्यूहरुबाट अनुशासित, मर्यादित, विकसित र सबल राष्टू हस्तान्तरण गर्नुपर्छ भन्ने अठोट, संकल्प र अटल विश्वासका साथ अघि बढ्नु पर्छ र सो अनुरुप कार्यहरु पनि सम्पादन गरिनुपर्छ । हामीलाई हाम्रो देशको असीम र अगाध माया छ, यो देशको भविष्य उज्वल छ भन्नेमा विश्वास पनि छ, किनकि हामीलाई हाम्रो देशको नागरिक शक्तिमा पूणर् विश्वास छ । यो पनि निश्चय छ की यदि हामी आपसी सद्भाव, परिश्रम र एकताको भावमा किञ्चित मात्र पनि विचलित नभइकन अघि बढ्यौं भने हामी महान लक्ष्य प्राप्त गर्नमा सफल हुनेछौं । त्यो लक्ष्य राष्टूको समुन्नति हो ।
यसर्थ, राजनीति परिष्कृत, पारदर्शी र सहृदयी जस्ता प्रेरक भावबाट परिलक्षित भएमा राष्टूको समृद्धि सुनिश्चित छ ।
(लेखक थापा शारा थापा स्मृति प्रतिष्ठान, धरानका अध्यक्ष हुन्)