धरानमा भइरहेको प्रदेशस्तरीय एसइई स्टेट वान सिङ्गङ आइडल सिजन– २ को फाइनलमा गायिका मिलन नेवार आउने भएकी छन् ।
असार १७ गते कार्यक्रम धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा हुने फाइनलमा गायिका नेवार निर्णायकको रूपमा आउने भएकी हुन् । नेपाली पार्श्व गायनको शीर्ष स्थानमा रहेकी नेवार ‘गाला रातै’ ‘बट स्लोली स्लोली’ ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ जस्ता गीतहरू चर्चामा छन् । उनको पछिल्लाे गीत फुलबुट्टै सारी निकै लोकप्रिय बनेको छ ।
मुख्य निर्णायकको रूपमा आउँदै गरेकी गाइका नेवार यस अघि भ्वाइस अफ नेपाल किड्स, सिङ्गिङ सुपर स्टारमा पनि निर्णायकको रूपमा काम गरिसकेकी छिन् ।
१० जना प्रतिस्पर्धीहरूबिच हुने फाइन कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रदेश १ मा प्रदेश प्रमुख मा. पर्शुराम खापुङ्ग आउने आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीका अध्यक्ष डम्बरकुमार तुम्वापोले बताए ।
अध्यक्ष तुम्वापोका अनुसार डान्सिङ स्टार सिजन–१को पनि फाइन हुने छ । नेपाली प्रतियोगिताको अडिसन राउन्डमा प्रदेश १ का विभिन्न जिल्लाबाट ३ सय जनाले सहभागिता रहेको विभिन्न चरण गरी फाइनलमा १० जना छनोट भएका छन् ।
पहिले अडिसनदेखि गायनतर्फ भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बू, सङ्गीतकार विनायक राई निर्णायक रहेका थिए । नृत्यतर्फ छमछमीका उपविजेता मनिता राई र कोरियोग्राफर प्रितम सम्बाहाम्फे रहेका थिए ।
फाइनल चरणको छनौट प्रक्रियाका लागि ५० प्रतिशत निर्णायकबाट, ३० प्रतिशत पब्लिक भ्यूजबाट, १० प्रतिशत अनुशासनबाट अङ्क दिइने अध्यक्ष तुम्बापोले जानकारी दिए । उनका अनुसार फाइनलका लागि टिकटकको व्यवस्था गरिएको छ ।