भोजपुर ।  भोजपुर नगरपालिकामा विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा क्षमता विकाश तालिम दिन थालिएको छ । राष्ट्रपती खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम अन्र्तगत छात्राहरुलाई शुुक्रबार देखि तालिम दिन थालिएको हो ।

जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा तथा राष्ट्रिय खेलकुद परिषदको प्रायोजनमा भैरहेको तिन दिने तालिमको उदघाटन भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गरेका छन ।

तालीम उद्घाटन गर्दै मेयर आलेले आत्मरक्षा तालीमले छात्राहरुलाई समाजमा सुरक्षित भएको आभास दिने बताए । उनले समाजमा भएका कुरीती, कुसस्कार र कमजोरीलाई परास्त गर्न तालीमले टेवा पुुग्ने समेत बिश्वास व्यक्त गरे ।

तालिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद मार्फत पुर्वाञ्चल खेलकुद विकास समिती र जिल्लाबाट सेल्फ डिफेन्सको तालीम लिएका प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेको जिल्ला खेलकुद विकास समिति भोजपुरका सचिव ग्यालजेन शेर्पाले बताए ।

तालीममा भोजपुर नगरपालिकामा रहेका पाच वटा विद्यालयका कक्षा ८ देखी कक्षा १२ सम्म अध्ययनरत एक सय ५० जना छात्राहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।