भोजपुुर । भोजपुरमा एक महिने नेपाल भाषा प्रशिक्षण सुरू भएको छ । नेपाल भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आईताबार देखि भाषा प्रशिक्षण सुरू गरिएको हो ।

भाषा प्रशिक्षण नेवाःमिसा दबु भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरू भएको नेवाः मिसा दबु भोजपुरकी अध्यक्ष अवनी शाक्यले बताइन् ।

धर्म, संस्कृति र परम्परा जोगाउन अनिवार्य रुपमा भाषा जान्नु पर्ने भएकाले युुवा पुुस्तालाई लक्षित गरि प्रशिक्षण सुरू गरिएको अध्यक्ष शाक्यको भनाई छ ।

सहभागीहरूलाई नेपाल भाषाका जानकार अमृका ताम्राकार, भरतकुमार ताम्राकार, प्रेम शाक्य लगायतले प्रशिक्षण दिईरहेका छन । भाषा प्रशिक्षणमा ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।