विजयपुर । दीपेन्द्र स्मृति आधारभूत विद्यालयका १४ जना विद्यार्थीलाई पोसाक प्रदान गरिएको छ । विद्यार्थीलाई सुधीर ताम्राकारको आर्थिक सहयोगमा पोसाक प्रदान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेलले गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी १ हजार ५ सयका दरले २१ हजार रुपैयाँ बराबरको पोसाक प्रदान गरेको जानकारी दिए ।

विद्यार्थीलाई पोसाक धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुब लिम्बूलगायतको उपस्थितिमा वितरण गरिएको थियो ।