बिर्तामोड । विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुकोलागि परामर्श सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले बिर्तामोडमा शाखा कार्यालय स्थापना गरेको छ । साउन ९ गते एक समारोहको आयोजना गरी औपचारिक रुपमा बिर्तामोडबाट ग्रेसले सेवा सुरु गरेको हो ।
अष्ट्रेलिया, क्यानाडा, यूके, न्यूजील्याण्ड, अमेरिका लगायतका देशमा विद्यार्थीहरुलाइ उच्च शिक्षाको लागि पठाउँदै आएको ग्रेसले झापा इलाम लगायतका विद्यार्थीलाई काठमाण्डौ जान नपर्ने गरी सेवा प्रदान गर्न विर्तामोडमा शाखा सञ्चालन गरेको संस्थाका म्यानेजर पर्वत धितालले बताए ।
अष्ट्रेलियाका अधिकांस यूनिर्भसिटी, हाइयर कलेज लगायतको आधिकारीक एजेन्सिको रुपमा काम गर्ने भएकोले ग्रेसबाट विद्यार्थीले अरु कन्सल्टेन्सीको तुलनामा धेरै सुविधा पाउन सक्ने दावी धितालको छ । विद्यार्थीको चाहना, क्षमता र आर्थिक तथा पारिवरीक अवस्थाका आधारमा विद्यार्थीलाइ उनिहरुले चाहेकै बिकल्प दिन सक्ने भएकाले पनि ग्रेस विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको उनले बताए । विद्यार्थीले चाहेको देश, चाहेकै कलेज तथा यूनिर्भसिटी र चाहेकै कोर्स तथा विषयमा पठाउन सक्ने भएकाले भोलिका दिनमा झापा इलाम लगायतका विद्यार्थीको पहिलो रोजाइ बन्ने बिश्वास उनको छ ।
नेपालमा १० वटा शाखा, अष्ट्रेलियाका सात वटै राज्यमा सात वटा, लगायत भारतको दिल्ली, पाकिस्तान लगायतका ठाउँवाट विद्यार्थीलाई सेवा दिंदै आएको ग्रेसले विर्तामोडमा पनि आफ्नो सेवा विस्तार गरेको हो । नेपाल बाट मात्रै ३० हजार भन्दा वढी विद्यार्थीलाई सेवा प्रदान गरिसकेको ग्रेसले विद्यार्थीलाई करियर काउन्सीलिङ, भिसा प्रोसेसिङ, डकुमेन्टेसन लागायतका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
विद्यार्थीलाइ नेपाल बाट पठाउने, अष्ट्रेलिया पुगेका विद्यार्थीलाई पनि आफ्नो अध्ययन अवधीभर कुनै प्रकारको शैक्षिक समस्या आइपरेमा सहयोग गर्ने भएकाले ग्रेस विद्यार्थी र अभिभावक दुवैको पहिलो रोजाइमा परेको हो ।
बिर्तामोडमा १० औं शाखा स्थापना गरेको ग्रेसले काठमाण्डौको पुतलीसडक, बानेश्वर, चितवनको नारायणघाट, टाँडी, लागायत, बुटवल, नेपालगञ्ज, हेटौंडा, विराटनगर, दमक लगायतका स्थानवाट आफ्नोसेवा दिंदै आएको छ ।