देउराली । धरान स्थित मञ्जुश्री पोलिक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रालिले धरान १० पुतलीलाइनमा मञ्जुश्री सुपर स्पेश्यालिटी आई केयर सेन्टर प्रालि सञ्चालनमा ल्याएको छ । सञ्चालक विकास खड्काले सञ्चालनमा ल्याएको उक्त आई केयर सेन्टरको बुधबार प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्घाटन गरेका छन् ।
विगत २५ वर्ष देखी धरान र धरान बाहिरबाट डाक्टरहरू ल्याइ स्वास्थ्य सेवा दिइरहेको पोलिक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर करिब ३ करोडको एकल लगानीमा उक्त आई केयर सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक खड्काले बताएका छन् ।
उद्घाटनका क्रममा धरानमा निजी क्षेत्रमा पनि राम्रो विशेषज्ञ सेवासहितको उपचार खोजिरहेको अवस्थामा उक्त विशेषज्ञ सेवासहितको उपचार सेवा उपलब्ध गराउने गरी आँखा अस्पतालको सुरुवात गरिएको सञ्चालक खड्काले बताएका छन् ।
ओपिडी सेवादेखि अप्रेसनसम्मको सबै सुविधा उपलब्ध हुने गरी सञ्चालनमा आएको सेन्टरमा मेची अस्पतालका वरिष्ठ डाक्टरले विशेषज्ञ सेवा दिने छन् भने , सेवाग्राहीले विराटनगरका निजी अस्पताल हुने उपचार खर्च भन्दा ५ देखि १० प्रतिशत कम खर्चमा सुविधा सम्पन्न ल्याब सेवा गुणस्तरीय सेवा पाउने खड्काले बताएका छन् ।
सेन्टरमा सातै दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा उपलब्ध हुने पनि उनले बताए ।
उद्घाटनका क्रममा बोल्दै सभामुख भण्डारीले गुणस्तरीय उपचार सेवा दिएर सेवाग्राहीको मन जित्न सुझाव दिएका थिए । उनले बिरामीसँग गरिने व्यवहारले पनि आधा विराम निको पार्न सकिने भन्दै डाक्टर, नर्स तथा कर्मचारी शिष्ट व्यवहार, मिठो बोली आवश्यक हुने बताए ।
सञ्चालक खड्काले कर्मचारी शिष्ट व्यवहार संस्थाले उपलब्ध गराउने सेवा सुविधा र कर्मचारी प्रति गरिने व्यवहारले प्रभाव पर्ने भन्दै कर्मचारीको कर्मचारीको सेवा सुविधा र उनीहरूको प्रतिको सकारात्मक व्यवहार प्रति प्रतिबद्धताका साथ सेवाग्राहीका साथ गरिने शिष्टतामा कुनै आँच नआउने बताए ।
उनले सुरुवाती चरणमा एक जना विशेषज्ञ डाक्टरसहित १० जना कर्मचारी रहेको पनि उनले बताए ।