धरान । धरान मनिहारी तथा उपहार व्यापार सङ्घले शनिबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

धरान–१५ को युरेशिया रेयुकाई भवनमा सम्पन्न कार्यक्रममा मिस तीज, उत्कृष्ट पोसाक, मेहन्दी आर्ट, नृत्य, मेकअप गरिएको थियो । मिस तीजमा प्रनिशा कटुवाल, उत्कृष्ट पोसाकमा तारा पोखरेल, बेस्ट मेकअपमा सरिता आचार्य र मधुलिका थापा उत्कृष्ट बनेका छन् । प्रतियोगिताको निर्णायक अम्विका घिमिरे आचार्य रहेकी थिइन् ।

त्यस्तै महेन्दी आर्ट प्रतियोगितामा नेहा सेन प्रथम र गीता अग्रवाल दोस्रो, अञ्जु खड्गी तेस्रो भइन् । त्यस्तै चौथोमा सुनिता आचार्य भएकी थिइन् । २२ जना प्रतिस्पर्धी थिए । मेहन्दी प्रतियोगिताको निर्णायक अनु प्रधान रहेकी थिइन् । नृत्यतर्फ पहिलो तारा पोखरेल, दोस्रो पविना भट्टराई, तेस्रो अनुपमा सुनुवार भएको कार्यक्रम संयोजक दुर्गा काफ्लेले जानकारी दिइन् ।

यसैबीच सुनसरी उद्योग वाणिज्य सङ्घमा निर्वाचित भएका पदाधिकारीहरूलाई बधाई ज्ञापन गरिएको अध्यक्ष रामस्वरूप शर्माले जानकारी दिए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी गाइनोकोलोजिष्ट डा. पृथा बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ रहेका थिए ।