पथरी । मोरङको कानेपोखरी–५ स्थित जहदामा स्थापित सिंहदेवी माविको स्वर्ण महोत्सव २०७८ मा जहदावासीहरुले ९ लाख ८८ हजार २ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेको छ ।
विद्यालयमा अध्ययनरत अपाङ्गता भएका तथा गरिव, दलित, जेहेन्दार छात्रछात्राहरुको लागि प्रदान गर्न स्वार्गीय आफ्न्तको नाममा अक्षयकोष स्थापन गरेको हो । विद्यालयको बार्षिक कार्यक्रममा प्रत्येक बर्ष १ हजार र ५ सयको दरले छात्रवृती प्रदान गरिने विद्यालयका प्रधानाध्यापक धर्मराज थापाले बताए ।
गंगाबहादुर स्मृती अक्षयकोष ६० हजार, दिलकुमरी राई स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, चन्द्रबहादुर तामाङ स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, भक्तबहादुर खवास स्मृती अक्षयकोष ७० हजार ६ सय ५, अनिलकुमार श्रेष्ठ स्मृती अक्षयकोष ५१ हजार, शुक्रमाया राई स्मृती अक्षयकोष २ लाख २ हजार २ सय २२ रुपैया, तसमाया राई स्मृती अक्षयकोष १ लाख १ हजार १ सय १ रुपैया, सग्रजित राई स्मृती अक्षयकोष १ लाख ११ हजार २ सय २२ रुपैया, जयसिंह राई स्मृती अक्षयकोष १ लाख १२ हजार ५१ रुपैया र कानेपोखरी बि. एण्ड बि. अक्षयकोष १ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेका हुन ।
साउन २९ गते विद्यालयको व्यवस्थापन समितिको बैठकले २०७८ मा भएको स्वर्ण महोत्सवको हिसाव सार्वजनिक गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजकुमार राईको अध्यक्षताको बैठकले आम्दानी तर्फ ३६ लाख ७३ हजार ३ सय १५ रुपैया गरेको थियो भने ६ लाख ८० हजार ८ सय ९१ रुपैया खर्च भएको हिसाव सार्वजनि गरेका थिए ।
महोत्सवमा सम्मान र पुरस्कार वितरणमा मात्र ३ लाख ९ हजार ५ सय रुपैया खर्च भएको थियो । पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक, पूर्व कर्मचारी, अक्षयकोषदाता चन्दादाता गरी जम्मा ३२६ जनालाई सम्मान, पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो । फाल्गुन ७ गतेको उद्घाटन कार्यक्रम ताराबहादुर काफ्ले र समापान प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । सास्कृतिक कार्यक्रम र विभिन्न जातिका झाँकिहरु पनि प्रस्तुत गरिएको थियो । विद्यालयमा स्वर्ण महोत्सव २०७८ फाल्गुन ७ देखि चैत्र ७ सम्म भएको थियो ।
विद्यालयमा यस अघि १० वटा अक्षयकोष स्थापना भएको थियो । जनजागृती अक्षयकोष ५१ हजार, छलिमाया निरौला स्मृति अक्षयकोष ५० हजार, सुवास गुरुङ स्मृती अक्षयकोष ५० हजार, महालक्ष्मी राई स्मृती ५० हजार, इन्द्रकुमारी लिङ्थेप स्मृती अक्षयकोष ४० हजार, निर्मल सुब्बा स्मृती ४० हजार, कुलबहादुर याक्खा स्मृती अक्षयकोष २५ हजार, दिवश जिमी स्मृती अक्षयकोष १ लाख २ हजार, दिलहर्क थापा स्मृती अक्षयकोष १ लाख ११ हजार १ सय ११ रुपैया र सुनकेशर श्रेष्ठ स्मृती ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए ।