पोहोर साल साउनमा इलाका प्रशासन कार्यालय धरानमा गइएको हो । खाली खाली भएको अवस्था थियो । हामी एक संस्था नवीकरण गरेर फर्किएका थियौं । खुला चौरी, घाँसहरू, वृक्षहरू हुनाले मनमोहक छ इलाका प्रशासन कार्यालय धरान । फुसे्र जाने बाटोबाट थोरै भित्र अवस्थित इलाका प्रशासन कार्यालय धरानमा फूलहरू भने पर्याप्त लगाइएको देख्न पाइँदैन ।
राष्ट्रिय परिचय–पत्र बनाउने जमर्को कोभिड–१९ को लकडाउन समापनपश्चात् सुरु भएछ । इलाका प्रशासन कार्यालय धरानमा हामी राष्ट्रिय परिचय–पत्र बनाउन गएका थियौं । हामीले छोरालाई पठायौं । उसले राष्ट्रिय परिचय–पत्र बनाउन फर्म लिएर आयो । एक महिनापछि भर्न आउनुहोला भन्ने सन्देश पनि थियो । मिति तोकिएको थियो, राष्ट्रिय परिचय–पत्र फर्ममा ।
पालो प्रणाली हामीले स्नातकोत्तर द्वितीय वर्षमा पढ्ने अवसर पाएका थियौं । यो बेग्लै विषय हो । विश्वव्यापी रूपमा बढ्दो जनसङ्ख्या र तिनको व्यवस्थापन सेवा सुविधा दिलाउने क्रममा पालो प्रणाली अपनाउनु अत्यन्त अनिवार्य हुन्छ । विदेशमा सवारी साधन मर्मत गर्ने क्षेत्रमा पालो प्रणाली व्यवस्थित गरिएको हुन्छ । सवारी साधनहरूलाई क्रमैसँग एकपछि अर्को मिलाएर राखिन्छन् । व्यक्तिहरू पनि सोही अनुरूप पालैपालो आउने र सेवा लिने प्रचलन हुन्छ । पालो प्रणालीमा सेवा लिने ग्राहकहरू अति सौम्य, भद्र तथा संयमी हुन्छन् भन्ने मान्यता हुन्छ ।
सवारी साधन मर्मत क्षेत्रका अतिरिक्त अस्पताल, बिजुलीको महसुल बुझाउने काउन्टर, पानीको महसुल बुझाउने काउन्टर आदि क्षेत्रमा पालो प्रणालीमा जनसमुदायले कार्य गर्नुपर्ने हुन्छ । रिचार्ज कार्ड प्रचलनमा आएपछि भने टेलिफोन शुल्क बुझाउने क्षेत्रमा भने पालो प्रणाली समाधान भएको छ । प्रिपेड सिमकार्ड लिन महिनौं बाटाभरि लाइन लागेका जनसमुदाय हामीहरू नै हौं ।
ग्लोबल आइ.यम.ई.बैङ्क पुतलीलाइन शाखामा कुपन लिने र कुपन नं. सुन्ने, पालो पर्खिएर पैसा निकालेको पनि नौलो हैन । कुपन लिने र कुपन नं. सुन्ने पालो पर्खिएर कुर्सीमा बस्दा रमाइलो अनुभूति भएकै हो । ठ्याक्कै ग्लोबल आइ.यम.ई.बैङ्क पुतलीलाइन शाखाको शैलीलाई विद्युत् महसुल क्षेत्रमा प्रयोग गरियो । यो सरल तरिका हो । सुविधाजनक छ । सेवा लिने जनसमुदायहरूमा एक आपसमा सहजता नै हुन्छ ।
धरानको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिल काट्ने ठाउँमा हुनसम्म घुइँचो हुन्छ । त्यहाँ व्यवस्थित गरिएकै छ । प्रतिष्ठानको सेवा लिन पैसा तिर्ने ठाउँमा पनि अत्यधिक घुइँचो हुन्छ । अत्यधिक घुइँचो हुने सबै क्षेत्रहरूमा स्थानीय सरकार, प्रदेश सरकार तथा संसद्ले जनसमुदायलाई सरल रूपमा सेवा पु¥याउनु पर्ने बारेमा चनाखो हुन तथा आवश्यकताअनुसार सेवा पु¥याउन अग्रसर हुनु पर्दछ ।
महिला बालबालिकालाई सरकारले न्यूनतम् भत्ता दिन जरुरी छ । विकास गर्नु हाम्रो दायित्व हो । विद्यालयमा प्रवेश गरेका बालबालिकाले पढाइलाई निरन्तरता दिँदा भत्ता वृद्धि गर्नु पनि आवश्यक हुन्छ । त्यसो हुनसकेमा बालबालिका तथा महिलाको जीवन केही हदसम्म आर्थिक टेवाबाट आत्मनिर्भर उन्मुख हुन्छ । नेपाली समाजमा महिला बालबालिकाहरूलाई राज्यस्तरबाट सुरक्षित गर्नु जरुरी हुन्छ । स्थानीय सरकारले आफ्ना सबै महिला तथा बालबालिकाहरूको जीवनको सुरक्षा प्रदान गर्नेतर्पm नयाँ रणनीतिसमेत तय गर्ने गरेमा ज्यादै राम्रो हुन्थ्यो । बालबालिकाहरूको जीवनको सुरक्षाको ग्यारेन्टी राज्यले अविलम्ब सुरु गर्नु आवश्यक ठानेका छौं ।
कोभिड–१९ को दुई लकडाउनमा हामी पिच सडकमा तरकारी लिन पनि निस्कन डराउने अवस्था थियो । तरकारी किन्न पनि गोलाकार कोरिएको रेखामा उभिएर पालो पर्खेको सम्झना ताजै छ । मास्क लगाउन कति अनुरोध गरिएकै हो । कोभिडका खोपहरू लगाउने क्रममा पनि हामीले पर्याप्त लाइन लागेका हौं । खोपको लाइन यस्तो थियो कि प्राप्त खोप सकिएपछि लागेका लाइनहरूका जनसमुदायहरू सेवा नलिई फर्किएको अनुभव पनि हामीहरूसँग छ ।
त्यसरी पालो प्रणालीमा सेवा प्राप्त नहुँदा जनसमुदायहरूप्रति उत्तरदायी को होला र कुरा सोचनीय नै छ । इलाका प्रशासन कार्यालय धरानमा किन धेरै भीडको घुइँचो हुन्छ र धरानेलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याइएको यस इलाका प्रशासन कार्यालय धरानको कार्यालयलाई धराने जनताले सौम्य, सभ्य बनाउन स्वयम् धराने जनता सचेत हुन आवश्यक छ । इलाका प्रशासन कार्यालय धरानमा देखिएको घुइँचो व्यवस्थित नै हो त भन्ने प्रश्न आपैmलाई गर्न मन लाग्यो । धरानमा दूधको डेरी उद्योग भने खुलेका देखिएका छैनन् । धरान सबै क्षेत्रमा आत्मनिर्भर हुन अत्यन्त आवश्यक छ ।