सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ ।
हिजो अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानिय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकि मृत्यु भएको हो ।