भद्रपुर । झापाको एक सरकारी विद्यालयले नक्कली विद्यार्थी देखाएर लाखौं रुपयाँ हिनामिना गरेको छ ।
भद्रपुर नगरपालिका वडा नं. ४ मा रहेको जनकल्याण आधारभुत निम्न माध्यामिक विद्यालयले नामा दर्ता गरि भर्ना भएको भन्दा दोब्बर विद्यार्थीै सङ्ख्या देखाएर लाखौ रुपौयाँ भष्ट्रचार गरेको हो ।
कक्षा १ देखि ७ सम्म सञ्चालन हुदै आएको विद्यालयले सक्कली विद्यार्र्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १७३ जनाको हाजिरी देखाएको फेला परेको छ ।
शैक्षिक सत्र सुरु भए पश्चात जेठ, असार र साउन मसान्तसम्म शतप्रतिशत विद्यार्थीैको हाजिरी गरेपनि भदौ महिनाको पाँच गतेको हाजिरी अनुसार ४७ जनाको मात्र हाजिरी गरिएको छ । जस अनुसार कक्षा १ मा २३ जना, २ मा २५, ३ मा २५, ४ मा २४, ५ मा २२, ६ मा २६ र ७ मा २८ विद्यार्थीको नाम दर्ता भएपनि सक्कली ४७ जना विद्यार्थी मात्र रहेको हाजिरी पुस्तिकाले देखाएको छ ।
विद्यालयका शिक्षकका अनुुसार प्रधानाध्यापकले हाजिरी पुस्तिकामा दर्ता भएका सवै विद्यार्थीहरुको हाजिरी गराउन निर्देशन दिने गरेको वताउँछन् । सक्कली विद्यार्थी थोरै भएपनि भद्रपुर नगरपालिकाको शिक्षा शाखामा रेकर्ड पठाउँदा शतप्रतिशत हाजिरी गराएर पठाउने गरेको शिक्षकहरुको भनाई छ ।
विद्यालयमा दरबन्दी कायम राख्नकोलागि नक्कली विद्यार्थी देखाएको विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले स्विकारे । विद्यार्थीको खाजा वापत आउँने रकमलाई कम्प्युटर शिक्षक शुुसन तामाङलाई ६ हजार, अङ्ग्रेजी शिक्षक निता किस्कु, नेपाली शिक्षक तमन्ना राजवंशी र गणित शिक्षक भुवन वस्नेतलाई थप जनही ५ हजारका दरले मासिक रकम दिने गरेको रेग्मीले वताए ।
विद्यालयको हाजिरी पुस्तिका अनुुुसार प्रतिदिन एक विद्यार्थी बराबर आउने खाजा खर्च वापत १५ रुपैयाँका दरले ४७ जनाको रकम ७ सय पाँच हुनुपर्नेमा रेग्मीले दैनिक २ हजार ५ सय पन्चानव्बे रुपैया ँभद्रपुर नगरपालिकाको शिक्षा शाखाबाट लिने गरेको देखिएको छ । विद्यालयको तथ्याङक अनुसार प्रतिदिन १ हजार ८ सय नव्बे रुपैयाँ भष्ट्रचार गरेको देखिएको छ ।
नक्कली( घुस्याह) विद्यार्थी देखाउन नपाईने नगर शिक्षा शाखा प्रमुख प्रेम बहादुर भुजेलले वताए । शिक्षा शाखामा कर्मचारी अभाव भएका कारण अनुगमन गर्र्न नसकिएको भुजेलको भनाई छ । नक्कली विद्यार्थी देखाएर विद्यालय सञ्चालन भएको पुष्टि भएमा नियम अनुसार कारबाही गरिने उनले वताए ।
नक्कली विद्यार्थी देखाएर विद्यालय सञ्चालन गरेको पुष्टि भएमा ठाडो कारबाही हुने नगर उप–प्रमुख राधा कार्कीले बताइन् ।