धरान । चलचित्र प्रेमगीत ३ को हिन्दी गीतको अडियो सार्वजनिक भएको छ । जी म्युजिक कम्पनीले फिल्मको चार वटा गीतको अडियो सार्वजनिक गरेको हो ।
‘कोइ ना कोइ नाता है’ बोलको गीतलाई जुबिन नटियालले गाएका छन् भने ‘जहाँ भी जाओ’ बोलको गीतमा राहत फतेअलि खानको स्वर रहेको छ ।
त्यस्तै तुम प्यार हो बोलको गीतमा पलक मुछाल र अङ्कित तिवारीले गाएका छन् भने मुझ मे बस जाना बोलको गीतमा पलक र देव नेगीको स्वर रहेको छ ।
यी गीतहरूलाई पवनदीप राजन, देव राज, असलम केयी र कल्यान सिंहले कम्पोज गरेका हुन् । नेपालको फिल्म इतिहासमा पहिलोपटक प्रेमगीत ३ नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ ।