वराहक्षेत्र । वराहक्षेत्रको बयरवनमा शनिबार मोटरसाइकलले ठक्कर दिँदा महिलासहित बालिका गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो भएको घटनामा वराहक्षेत्र नगरपालिका–२ घर भएकी २६ वर्षीया अम्विका र उनी छोरी २ वर्षीया आर्या कटुवाल घाइते भएका हुन् ।

चतराबाट हाटखोलातर्फ जाँदै गरेको को.१३ प २४१९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेकी पैदलयात्रु कटुवाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते अम्विकाको निधार, हात र खुट्टामा समेत चोट लागेको छ ।

बालिका आर्याको टाउकोमा ४ टाँका लगाइएका उनीहरूलाई थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक वराहक्षेत्र–१ चतराका शक्ति राईलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।