धरान । ‘जी– बब’ नामले लोकप्रिय बनेका ¥यापर सुदीप भण्डारीले धरानमा पहिलोपल्ट आफ्नो प्रस्तुति दिने भएका छन् ।

भदौ २५ गते शनिबार आयोजना हुने ‘टुबोर्ग फुल भोल्युम कन्सर्ट’ मा उनले प्रस्तुति दिने भएका छन् । कन्सर्टमा जी–बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले  पनि आफ्ना गीतहरू प्रस्तुत गर्नेछिन् भने चर्चित ¥यापरहरू प्लस डिभाइड र सिरुपातेसँगै धरानका चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङसमेत प्रस्तुत गर्ने बताइएको छ ।

कन्सर्टमा जी–बबले ‘मिलेन लेभल तेरो’ बोलको चर्चित गीतसँगै ‘फाइनल्ली भेटियो’, ‘कलाको म धनी’, ‘भाग न भाग’ लगायतका युवाहरूमाझ लोकप्रिय आफ्ना गीतहरू प्रस्तुत गर्नेछन् । उनी पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आउन लागेको आयोजकले जनाएको छ ।

त्यस्तै नेपाली चलचित्र तथा आधुनिक–पप गीतहरूमा रुचाइएकी गायिका अस्मिता अधिकारीका ‘बाबरी रङ्गमा’  ‘काफल कमला’, ‘टाढा भए पनि’, ‘लज्जावती झार’ लगायतका गीत चर्चित छन् । त्यस्तै ¥यापर प्लस डिभाइडका शब्दको युद्ध, बाबुभित्र केही खास, आको म यहाँ, चाहिनेभन्दा बढीलगायतका गीतहरू र ¥यापर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाइलगायतका गीतहरू  युवाहरूमाझ लोकप्रिय छन् ।

लामो समयपछि धरानमा आयोजना हुन लागेको कन्सर्टमा सबैखाले दर्शकहरूको मनोरञ्जनका लागि ¥याप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।

टुबोर्ग बियरको प्रस्तुति रहेको फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन, रेडब्ल्यु इनर्जी ड्रिङ्कको सह–प्रायोजन, केन्द्र मोसन पिक्चर्स, एसपी इभेन्ट्स युके, एनएचडीडी स्टुडियो, भीआइपी नेपाल अष्ट्रेलियाको विशेष सहयोग तथा महेन्द्र अक्वा, पेप्सी, धरान टी र पीएच साइन सेम्पुको सहयोग रहेको आयोजकले जनाएको छ ।