विराटनगर । ७५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने ‘अमृत महोत्सवमा’ समाजसेवी दीनबन्धु गोयललाई ‘नागरिक सम्मान’ गरिने भएको छ ।

सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समाजसेवी गोयललाई नागरिक सम्मान गरिने भएको हो । विराटनगरमा सोमबार बसेको नागरिक समाजको बैठकले समाजसेवी गोयललाई नागरिक सम्मान गरिने निर्णय भएको समितिको संयोजक सुरेशकुमार शर्माले जानकारी दिए ।

नागरिक सम्मान गरिने मङ्गलबार बस्ने बैठकले तय गर्नेछ । समाजसेवी गोयलले देशको विभिन्न स्थानहरूमा सेवा भावनाले पुर्याएको योगदानप्रति सामाजिक दायित्व निर्वाह गर्ने उद्देश्यले ‘अमृत महोत्सव’ मा नागरिक सम्मानको कार्यक्रम राखिएको शर्माले बताए । समाजसेवी गोयलले देशका विभिन्न स्थानमा पुगेर सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका छन् ।