धरान । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको दुई तला माथिबाट खसेर एक बिरामी गम्भीर घाइते भएका छन् ।
झापा गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइटेल अस्पतालको दोस्रो तलाबाट बुधबार बिहान एक्कासि खसेका थिए ।
उनी अस्पतालमा मानसिक समस्याको उपचार गराइरहेको मोरङ प्रहरीले जनाएको छ । उनलाई भदौ १० गते अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । उनको टाउको, निधारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार उनी गम्भीर छन् । उनको नोबेलमै उपचार भइरहेको छ ।