विराटनगर । काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रम विराटनगरमा दशैंपछि सुरु हुने भएको छ ।

काठमाडौं विश्वविद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता भएकोले नयाँ शैक्षिक कार्यक्रमका कक्षाहरू असोज अन्तिम सातापछि सुरु हुने भएको हो ।

काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू गुणस्तरीय विश्वस्तरीय मानिन्छन् । एस्पायर कलेजले गर्न लागेका कार्यक्रमहरू अध्ययन सँगसँगै इन्टर्नसिप पनि हुने भएको छ । प्रयोगात्मक र अध्ययन सँगसँगै आय आर्जन पनि गर्न सकिने शिक्षा प्रदान गरिने कलेजले जनाएको छ ।

यही नयाँ शैक्षिक सत्रबाट चार वर्षे स्नातकमा बीटीएच, बीएड, आइटीको कार्यक्रम ल्याएको छ । यस्तै बीपीएच कार्यक्रमहरू विराटनगरस्थित एस्पाएर कलेजबाट सञ्चालन हुने भएको अध्यक्ष विकास अधिकारीले जानकारी दिए । काठमाडौँ विश्वविद्यालयको विस्तारित कार्यक्रमका रूपमा एस्पाएर कलेजले स्नातक तहको कार्यक्रम भएकाले यस कार्यक्रममा जुनसुकै विषयमा प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

कक्षा १२ को नतिजा आएको १० दिनभित्रमा कलेजले प्रवेश परीक्षा लिने कलेजका अध्यक्ष अधिकारीले बताए । ‘प्लस टुको नतिजा आएलगत्तै भर्ना खुल्नेछ’ उनले भने, ‘सीमित सिटको लागि भर्ना लिनेछौं । प्रत्येक कार्यक्रममा ३० जनाको मात्र कोटा रहेको छ ।’

गुणस्तरीय शिक्षामा सधैँ कट्टीबद्घ रहेको काठमाडौँ विश्वविद्यालयले विस्तारित शैक्षिक कार्यक्रम प्रदेश १ मा पहिलो पटक एस्पाएर कलेजबाट सुरु गर्न लागेको हो ।

राष्ट्रलाई र अन्तर्राष्ट्रिय बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयले विस्तारित कार्यक्रम विराटनगरमा लिएर आएको हो ।