विजयपुर । किरात राई कर्मचारी मञ्च धरान नगर समिति गठन भएको छ ।

धरान–८ स्थित यलम्बर पार्कमा शुक्रबार सम्पन्न भेलाले मुगाधन राईका अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको सचिवमा रञ्जु भुजेल राई र कोषाध्यक्षमा रत्नबहादुर राई चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा मनकुमारी राई, नारायणप्रसाद राई, रामबहादुर राई, चन्द्रकला राई र विजयकला राई रहेको मञ्चकी जिल्ला सल्लाहकार भूवनकुमारी राईले जानकारी दिइन् । समितिले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । 

सल्लाहकारहरूमा जुनु राई, देशकुमार राई र रेणु राई चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि किरात राई कर्मचारी मञ्चका केन्द्रीय महासचिव अनिल किरातीले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूलाई अभिमुखीकरण गराउने मञ्चको उद्देश्य रहेको बताए ।

उनले भने, ‘किरात समुदाय राजनीतिक, प्रशासनिक र अर्थतन्त्रका क्षेत्रमा पहुँच बनाउन आवश्यक रहेको बताए ।’

किरात राई यायोक्खा केन्द्रीय कार्य समितिले सुरु गरेको लोकसेवा आयोग तयारीका लागि निःशुल्क तालिम मञ्चले दिँदै आएको छ । मञ्चका जिल्ला अध्यक्ष अरुण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खाका सुनसरी अध्यक्ष राजेन्द्र राई, मञ्चका जिल्ला सल्लाहकारद्वय प्रकाश राई, सत्यनारायण राई, यलम्बर सामुदायिक वनका अध्यक्ष कृपा राईलगायतले सम्बोधन गरेका मञ्चका जिल्ला सचिव नरेश राईले बताए ।