धरान । बीपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा अन्तरकलेज हाजिरजवाफ प्रतियोगितामा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको समूह प्रथम बनेको छ । 

नेपाल विद्यार्थी सङ्घ धरान नगर समितिले महेन्द्र बहुमुखी क्याम्पसमा बुधबार आयोजना गरेको सुनसरी क्षेत्र नम्बर १ स्तरीय अन्तर कलेज हाजिरजवाफ प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पस दोस्रो र तेस्रो बनेको थियो । विजेता टिमले नगद १० हजार, दोस्रोले नगद ८ हजार र तेस्रोले नगद ५ हजार रुपैयाँसहित प्रमाण पत्र पाएको नगर समितिका प्रवक्ता सन्देश राईले जानकारी दिए । 

305179505_2221795497991645_7423917998590863269_n

प्रतियोगितामा ९ समूह सहभागी बनेको थियो । प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का पूर्व प्रमुख डा. गोविन्द सुब्बा, क्याम्पस प्रमुख दामोदर भण्डारी, नेपाली काङ्ग्रेसका नेता तथा कार्यक्रम संरक्षक किशोर राईलगायतले पुरस्कार प्रदान गरेका थिए । नगर समितिले सफाइ कार्यक्रम पनि गरेको थियो ।