श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं.२०७९ साल भदौ २३ गते बिहीबार, ८ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्षको त्रयोदशी तिथि २१ः१६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण १३ः५७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ०५ः४५ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धन सञ्चय गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसर प्राप्त हुनेछ । नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ । लगनशीलताले कर्मसिद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनु पर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनु पर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला । स्वास्थ्यमा ध्यान दिनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हडबडको कार्यले घर–व्यवहारमा समस्या निम्त्याउनेछ । प्रेम र मित्रताको बन्धन भने कसिनेछ।